६ चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले आईतबार हेटौंडाको २ वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिका साविक हेटौंडा २ र ३ (हाल २ नम्बर) वडामा साविक २ नम्बरका सभापति रामचन्द्र बानियाँ र हेटौंडा ४ नम्बरमा वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा पार्टीका क्रियाशिल कार्यकर्ताबाट नयाँ संरचनाअन्र्तगत हुने स्थानीय तहको निर्वाचनको बारेमा उठेका प्रश्नको जवाफ वडा नम्बर २ मा काँग्रेस पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालले र वडा नम्बर ४ मा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेले दिए । कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, पार्टीका प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु खड्ग गोपाली, ईन्दिरा न्यौपाने, महेन्द्र राउत, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, निवर्तमान नगर उपसभापति नारायणप्रसाद लम्साल, महासमिति सदस्य भरत पराजुली, पार्टीका पूर्व कोषाध्यक्ष भवसागर श्रेष्ठ, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, नेविसंघ जिल्ला अध्यक्ष शिवप्रसाद खतिवडा राजु, पूर्व जिल्ला सदस्य राधा कोईराला, लक्ष्मण सुवेदी, तरुण दल जिल्ला सचिव सचित थापा, महाधिबेशन प्रतिनिधी रमेशध्वज कार्की, ३ नम्बर क्षेत्रीय महिला सभापति तारा कार्की, मंगल श्रेष्ठ, युद्धबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।
नेपाली काँग्रेस मकवानपुरको नयाँ संरचनाअन्र्तगत चुनावी अभियान हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा, थाहा नगरको १२ वटै वडा र ८ वटै गाउँपालिकामा चैत १ गतेदेखि ९ गतेसम्म वडा भेला तथा बृहत अन्र्तक्रिया गर्ने र चैत १२ गते जिल्ला भेला गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता प्रदिप कोईरालाले जानकारी दिए ।
माझी कांग्रेसमै फर्किए
बागमती गाउँपालिका ३ (साविक राईगाउँ ८ चिरुवा) निवासी ज्ञानबहादुर माझी एक विज्ञप्ती निकाली कांग्रेसमै फर्किएको घोषणा गरेका छन् । माझीले आईतबार विज्ञप्ती निकाल्दै नेकपा एमालेको राजनीतिक गतिविधी चित्तबुझ्दो नभएको तथा पार्टीको सिद्धान्त र व्यवहार फरक पाएकोले पुनः नेपाली काँग्रेसमा फर्किएको विज्ञप्तीमा उल्लेख गरेका छन् । लामो समय नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलमा बसेर काम गरिसकेका माझी करिब एकवर्ष अघि नेकपा एमालेमा प्रवेश गरेका थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















