Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको हेटौंडा, भीमफेदी, मनहरी र राक्सिराङमा अभियान

111-1490102795.jpg

८ चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचना अन्तरगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले मंगलबार हेटौंडाको ९ र १० नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ९ र १० मा वडा सभापतिहरु क्रमशः बीरेन्द्र लामा र कालु घलानको सभाध्यक्षतामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका क्रियाशिल कार्यकर्ताबाट नयाँ संरचनाअन्र्तगत हुने स्थानीय तहको निर्वाचनको बारेमा उठेका प्रश्नको जवाफ वडा नम्बर ९ मा काँग्रेस पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालले र १० नम्बरमा १० मा पार्टीका प्रवक्ता प्रदिप कोईरालाले दिए ।
कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्यहरु महेन्द्र राउत, इन्दिरा न्यौपाने, सुनिल दाहाल, राजिव सुवेदी, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, महासमिति सदस्य भरत पराजुली, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सचिव सचित थापा, राधा कोईराला, प्रमिला खतिवडा, भुवनलाल श्रेष्ठ, महाधिबेशन प्रतिनिधी रमेशध्वज कार्की, ३ नम्बर क्षेत्रीय महिला सभापति तारा कार्कीलगायतको उपस्थिति रहेको थियो ।
यस्तै, नेपाली काँग्रेस क्षेत्र नम्बर २ अन्र्तगतको भीमफेदी गाउँपालिकामा मंगलबार बृहत अन्र्तक्रिया तथा भेला भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति यतिराज सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाबाट खतिएका प्रतिनिधिहरु जिल्ला सचिव आनन्द कठायत, भीम लामा, मोमलाल दोङ, साविक भीमफेदी, निबुवाटार, कोगटे,
इपापञ्चकन्या, भैसे र नामटारका गाविस सभापतिहरु क्रमशः जव्वारसिं वाइबा, सञ्जिव श्रेष्ठ, बुद्धिबहादुर सिंजाली, समुन्द्रमान घिसिङ, नारायण थापमगर, रामकृष्ण थापा, महिला संघ २ नम्बर क्षेत्रीय सभापति शान्ति विक, महिला संघकी नेतृ गोरीमाया लामालगायतकाले कार्यकर्ताको जिज्ञाशा र भावी निर्वाचन प्रणालीको बारेमा जानकारी गराएका थिए ।
भीमफेदी गाउँपालिकाको ९ वटै वडामा यही चैत १९ गतेदेखि २६ गतेसम्म निर्वाचन परिचालन कार्यक्रम आयोजना गर्ने र निर्वाचन प्रचारप्रसार समितिका संयोजकमा गोपीराम बललाई चयन गरिएको छ । उक्त समितिलाई १९ गतेदेखि २६ गतेसम्म हुने प्रत्येक वडामा गरिने कार्यक्रममा एक/एक जना सदस्य थप्ने निर्णय गरिएको जिल्ला प्रतिनिधि तथा पार्टी सचिव कठायतले जानकारी दिए ।
यस्तैगरि, नेपाली काँग्रेस क्षेत्र नम्बर ४ अन्र्तगतको मनहरी र राक्सीराङ गाउँपालिकामा मंगलबार बृहत चुनावी प्रशिक्षण कार्यक्रम भएको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभापतित्वमा भएको कार्यक्रममा प्रमूख अथिति नेपाली काँग्रेस पार्टीका जिल्ला सचिव बुद्ध लामा रहेका थिए ।
कार्यक्रममा प्रमूख अथिति जिल्ला सचिव लामा र क्षेत्रीय सभापति मुक्तानले कार्यकर्ताहरुले राखेको जिज्ञाशा र आगामी स्थानीय तहको निर्वाचन र पार्टीको भूमिकाको बारेमा प्रशिक्षण दिए ।
पार्टीका सल्लाहकार, महासमिति सदस्य तथा महिला नेतृ उमा दाहाल,  महासमिति सदस्य चित्रबहादुर थापा, भरत पराजुली, जिल्ला सदस्यहरु ईश्वर रुम्बा, रामकृष्ण प्रजा, राजकुमार मल्ल, नवराज उप्रेती, महाधिबेशन प्रतिनिधी सन्तबहादुर प्रजा, पार्टीका पूर्व जिल्ला सहसचिव विष्णुराम प्रजा, तरुण
दल जिल्ला अध्यक्ष ईश्वर पाठक, जिल्ला सहसचिव निरशंकर लामा, क्षेत्रीय अध्यक्ष ठाकुर तितुङ, होमबहादुर मुक्तान, कमला मैनाली, सरिखेत, राक्सीराङ, काँकडा र खैराङ, हाँडीखोला र मनहरी गाविस सभापतिहरु क्रमशः बीरेन्द्र जिम्मा, जितन चेपाङ, शंकर न्यौपाने, जयबहादुर तितुङ र सुमन नगरकोटी, चन्द्रबहादुर न्यौपाने, नारायण उप्रेतीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार