Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको हेटौंडा-८ मा भेला

NC1-1490273130.jpg

१० चैत, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिकाको नयाँ संरचनाअन्र्तगत चैत १ गतेदेखि हेटौंडा उपमहानगरको १९ वटै वडा तथा थाहा नगरको १२ वटै वडामा वडा भेला गर्ने क्रममा काँग्रेसले बिहीबार हेटौंडाको ८ नम्बर वडामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम गरेको छ ।
काँग्रेसको हेटौंडा उपमहानगरपालिका हेटौंडा ८ का वडा सभापति रत्नमणी बगालेकोे सभाध्यक्षतामा भेला तथा बृहत अन्र्तक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा पार्टीका क्रियाशिल कार्यकर्ताबाट नयाँ संरचना अन्र्तगत हुने स्थानीय तहको निर्वाचनको बारेमा कार्यकर्ताबाट उठेका प्रश्नको जवाफ काँग्रेस पार्टीका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्यालले दिए ।
कार्यक्रममा बोल्दै नगरसभापति आनन्द पराजुलीले देश चुनावमय बन्दै गएकाले कार्यकर्तालाई टोल/टोल गएर आफू र आफ्नो पार्टीले गरेका काम कार्वाहीको प्रचार गर्न लाग्नुपर्ने बताउनुभयो । सभापति पराजुलीले नगरमा काँग्रेसको बर्चस्व राम्रो रहेकोले कार्यकर्ताहरुलाई विकास निर्माणको कामको प्रचार गर्न कन्जुस्याई नगर्न आग्रह गरे ।
कार्यक्रममा जिल्लाबाट वडा भेलाका लागि खटिएका प्रतिनिधीहरु सल्लाहकारहरु दामोदर सुवेदी, अशोक शाक्य, रिता खनाल, जिल्ला सदस्यहरु हरि वाग्ले, महेन्द्र राउत, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विक, पूर्व जिल्ला उपसभापति नारायणप्रसाद लम्साल, पूर्व जिल्ला सदस्य राधा कोईराला, ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेल, ६ नम्बर वडा सभापति रामहरि तिमल्सिना, अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, नगरसभापति लक्ष्मी गौतम, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजु खतिवडा शिव, नेपाल तरुण दलका नगर अध्यक्ष सुनिल गिरी, ८ नम्बर ईकाई अध्यक्ष प्रल्हाद चौलागाई, महाधिबेशन प्रतिनिधी बमबहादुर थिङलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ९५ नब्बे बर्षिया दुर्गादेवी पौडेल, रामबहादुर भट्ट, केबी गुरुङ, मानबहादुर गुरुङ, प्रश्नदेवि थापा, चित्रकुमारी गुरुङ, तिलकुमारी तामाङ, रामप्रसाद अधिकारी, गोपाल मुक्तानलगायत १३ जना अगुवा कार्यकर्तालाई सम्मान गरिएको थियो भने विभिन्न पार्टी परित्याग गरी ४५ जना नेपाली काँग्रेसमा प्रवेश गरेको नगर सभापति पराजुलीले बताए ।

NC1-1490273132.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार