Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निर्वाचन पार्टी र देशका लागि जीवनमरणको सवाल : शशांक कोइराला

Sashank1-1490442833.jpg

१२ चैत, हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको भन्दै तयारी तिब्र बनाउन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेस मकवानपुरको हेटौडामा शनिबार भएको जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयन नै पार्टीको मूल लक्ष्य भएको बताए । उनले संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन हुनुपर्नेमा जोड दिंदै यसलाई पार्टी र देशका लागि जीवन मरणको सवालको लिन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उर्जा राज्यमन्त्री महालक्ष्मी डिना उपाध्यायले देशको बृहतर विकास र समृद्धिका लागि नेपाली कांग्रेसले स्थानीय निकायको निर्वाचनमा जीत हासिल गर्नुपर्ने भएकाले यसतर्फ जुट्न कार्यकर्तालाई आग्रह गरिन् । केन्द्रीय सदस्य रामकृष्ण यादवले तराई पहाड र हिमालको एकताका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली नेपाली बीच झगडा गराउने काम बन्द गर्न एमाले र मधेशी मोर्चालाई सचेत गराए । 
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रजातन्त्र ल्याई राणाबाट देशलाई मुक्त गर्न, बहुदल ल्याउन, राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन, नयाँ संविधान ल्याउन नेपाली कांग्रेसले नेतृत्व गरेको भन्दै नेपालमा राष्ट्रवादी काम कांग्रेसले मात्रै गरेको बताए । अतिवादलाई प्रश्रय दिएर तराई र पहाडको विभाजन ल्याउने काम गर्ने एमाले र अध्यक्ष केपि ओलीलाई राष्ट्रवाद र राष्ट्रियताको कुरा गर्न कुनै अधिकार नरहेको उनको भनाई थियो । कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका सभापति एवं गृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको थियो ।

Sashank2-1490442833.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार