१३ चैत, हेटौडा । उपप्रधानमन्त्री कमल थापाले आन्दोलनरत मधेशी मोर्चासँग छिट्टै सहमति हुने दावि गरेका छन् । मकवानपुर उद्योग बाणिज्य संघले हेटौडामा आइतबार गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफल बनाउन मधेशी मोर्चासँग सहमति हुने दावि गरेका हुन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जान अघि भएको छलफल सहमति नजिक पुगेको भन्दै चीनबाट फर्किएपछि लिखित सहमति हुने बताए । सबैलाई चुनावमा भाग लिने अवस्था सिर्जना गर्नेतर्फ सरकार प्रयासरत रहेको उनको भनाई छ ।
तराईमा अतिवादी शक्तिहरु सक्रिय रहेको बताउँदै उनले मधेशी मोर्चालाई पनि मूलधारबाहिर राखे अतिवादीहरुलाई नै फाइदा पुग्ने बताए । सरकार केही लचक भएर मधेशीमोर्चासँग सहमतिका लागि सबैपक्षसँग आग्रह गरिरहेको उनको भनाई छ । कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हेटौडाको २५ मिटर सडक विस्तारबारे ध्यानाकर्षण गराएका थिए ।
यसअघि, जिल्ला समन्वय समिति मकवानपुरले गरेको अन्तरक्रिया कार्यक्रममा संघिय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका थापाले स्थानीय तह विगतको जस्तो नभई अधिकार सम्पन्न हुने भएकाले स्थानीय तहको निर्वाचन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण मैनाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




