Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेस गढी गाउँपालिकाको बनभोज तथा अन्तरक्रिया

17498431_401160183609878_-1490588239.jpg

१४ चैत, हेटौंडा । नेपाली काँग्रेस गढी गाउँपालिकाको अायोजनामा धरमपानीमा बनभोज तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
साविक गढी गाविस सभापति राजविर मोक्तानको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका सभापति, नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आथित्यतामा बनभोज तथा बृहत कार्यक्रम भएको हो ।
बानियाँले काँग्रेसको पक्षमा देशभर जनमत रहेको र मकवानपुरमा पनि क्षेत्र नम्बर १ बाट शुरु भई विस्तारै जिल्लाभरी नै काँग्रेसको पक्षमा जनलहर आएकाले कार्यकर्तालाई ढुक्क भई निर्वाचनको प्रचारप्रसारमा लाग्न अाग्रह गरे ।
गृहराज्यमन्त्री बानियाँले काँग्रेसले जिल्लामा गरेका विकास निर्माण कामको प्रचार गर्न कन्च्युस्याई नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्दैै स्थानीय तहको निर्वाचनमा टिकट जोसुकैले पाएपनि विना पूर्वाग्रह चुनाव प्रचारमा लाग्न सुझाव दिए ।
बनभोज तथा अन्र्तक्रिया कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई राज्यमन्त्री बानियाँले टिका तथा खाँदा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा पार्टीका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, क्षेत्र नम्बर १ र २ का क्षेत्रीय सभापतिहरु दामोदर खनाल र यतिराज सापकोटा, जिल्ला सदस्यहरु गोपी अधिकारी, अर्जुन दाहाल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, हेटौंडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुली, १ नम्बरका क्षेत्रीय सचिव सुवात सिं थिङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य अर्जुनप्रसाद चौलागाई, आम्भज्याङ गाविसका पूर्व सभापति बलराम घिमिरे, तरुण दल जिल्ला सचिव सचित थापा, दोर्जे लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार