Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले निर्वाचन परिचालन कमिटी १५ सय १ सदस्यीय

FB_IMG_1490704139439-1490704352.jpg

१५ चैत, हेटौंडा । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका संगठन कमिटीको बैठकले जिल्ला सचिवालय सदस्य तथा नगर संयोजक गोपाल श्रेष्ठको  संयोजकत्वमा १ हजार ५ सय १ जना स्थानीय तह निर्वाचन परिचालन समिति  गठन गरेको छ ।

उपमहानगरपालिकामा रहेका जिल्ला सदस्यहरु, जिल्ला सल्लाहकार कमिटीका सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारीहरु, जिल्ला विभागकासदस्यहरु, जनसंगठनका केन्द्रीय कमिटीका सदस्य,जिल्ला कमिटी र नगर कमिटीका सदस्यहरु, उपमहानगर कमिटीका सदस्यहरु, नगर भित्रका वडा कमिटीका सदस्यहरु रहेको प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठले बताए ।

केन्द्रीय निर्देशन अनुसार गठन भएको उपमहानगर संगठन कमिटीमा क्षेत्रीय कमिटीका सदस्यहरु, नगर विशेष इलाका कमिटीका सदस्यहरु रहने व्यवस्था रहेको छ भने बैठकले भवानि शर्मा, बिष्णु चौलागाईँ र कमल चौलागाईँलाई कमिटीको सदस्यमा मनोनित गरेको छ । 
बैठकले सबै वडा कमिटीहरुले चैत्र २५ गते भित्र निर्वाचन परिचालन कमिटी र वडा पार्टी कार्यालय खोलिसक्ने निर्णय गरेको छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश कमिटीका सचिवालय सदस्य केदार न्यौपानेको प्रमुख आथित्यतामा भएको कार्यक्रमका केन्द्रीय कमिटीका सदस्य विरोध खतिवडा, केन्द्रीय संसदीय विभागका सचिव एबम् संसद अनन्त पौडेल, जिल्ला अध्यक्ष मु्नु सिग्देल, प्रदेश कमिटीका सदस्य रामेश्वर रानालगायतले बैठकमा मन्तव्य राखेका थिए ।

बैठकमा प्रदेश कमिटीका सल्लाहकार सदस्य बिष्णु ओझा, जिल्ला कमिटीका पूर्व सचिव रघुनाथ खुलाल, जिल्ला सचिव एकालाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य श्रीधर पोखरेल, जिल्ला सदस्यहरु नवीन सिग्देल, तिलक अधिकारी, अनिल बानियाँ, फूर्वादोर्जे लामा, इश्वर ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । 
गढि गाउँपालिकामा पनि कमिटि निर्माण
गाउँपालिकाको संरचना अनुसार मकवानपुर गढि गाउँपालिकामा  एमालेको कमिटि निर्माण भएको छ । तेज प्रसाद लम्सालको संयोजकत्वमा ३२ सदस्यीय मकवानपुर गढि गाउँ पालिका कमिटि निर्माण गरीएको हो ।

समितिको सहसंयोजकमा बिदुर हुमागाई र सचिबमा रामजी सापकोटा चयन भएका छन् । कार्यक्रममा निर्बाचनको तयारीहरुको बिषयमा समेत छलफल भएको थियो ।

तस्बिर सौ. नवीन सिग्देल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार