१० चैत्र, हेटौंडा । विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण १४ हजार ६१६ जनाको मृत्यु भएको छ ।
३ लाख २६ हजार ८३८ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९७ हजार ६३६ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रबिन्दु बनेको छ ।
पछिल्लो समय सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा गएको छ । पछिल्लो २४ घण्टामा थप ६ सय ५१ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ ।
मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण १ हजार ६ सय ८५ जनाको ज्यान गएको छ भने २१ हजार ६ सय ३८ जना संक्रमित छन् ।
यस्तै युरोपियन राष्ट्रहरुमा स्पेनमा पनि कोरोना संक्रमणका कारण मर्नेको संख्या थपिदै गएको छ । स्पेनमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कारण १ हजार ७ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा स्पेनमा ३७५ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाको संक्रमणबाट अमेरीका, जर्मनी, फ्रान्स, दक्षिण कोरिया, बेलायतm स्विटजरल्याण्ड जस्ता मुलुकहरु बढी प्रभावित भएका छन् ।
कोरोना भाइरसको उद्गम स्थल चीनमा भने कोरोना भाइरसका नयाँ संक्रमण देखिन छाडेको छ । चीनमा ८१ हजार ५४ जनामा संक्रमण भएकोमा ३ हजार २६१ जनाको ज्यान गएको छ भने ७२ हजार ४४० जना उपचारपछि घर पर्किएका छन् । यसैगरी ५ हजार ३५३ जनाको उपचार चलिरहेको छ ।
यता दक्षिण एसियाली मुलुकहरु भारतमा कोरोनाको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ३ सय ९६ जना पुगेको छ । यसैगरी श्रीलङ्कामा, अफगानिस्तानमा, बङ्गलादेशमा, माल्दिभ्समा र भुटानमा पनि संक्रमित देखिएका छन् ।
नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन् र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















