Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

अमेरिकाले कोरोना संक्रमितको संख्यामा चीनलाई जित्यो

Opera-Snapshot_2020-03-27-1585272720.png

१४ चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमितको संख्या कोरोनाको उद्गमस्थल चीनमा भन्दा अमेरिकामा धेरै देखिएको छ । 
गएको २४ घण्टामा १७ हजार १६६ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या चीनमा भन्दा धेरै भएको हो । 
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार ३७७ पुगेको र एक हजार २९५ जनाको ज्यान गएको छ । 
यसअवधिमा चीनमा ८१ हजार ३ सय ४० जनामा संक्रमण पुष्टि भएको छ भने इटलीमा ८० हजार पाँच सय ८९ जना संक्रमित भेटिएका छन् । 
अहिलेसम्म विश्वका एक सय ९९ देश र एउटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरसका कारण पाँच लाख ३१हजार ६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । 
जसमध्ये एक लाख २३ हजार ९ सय २८ जना उपचारपछि निको भएका छन् भने तीन लाख ८२ हजार दुई सय ५८ जनाको उपचार भइरहेको छ । 
२४ हजार ७० जनाको ज्यान गएको छ । सबैभन्दा धेरै इटलीमा आठ हजार दुई सय १५ जना, स्पेनमा चार हजार तीन सय ६५ जना र चीनमा तीन हजार दुई सय ८७ जनाको भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार