Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले मूख्यमन्त्रीलाई भने–‘स्वास्थ्य सामग्री प्रदेशभर पुग्ने वातावारण मिलाऔं’

Indra-1585453520.jpg

१६ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मूख्यमन्त्री डोरमणी पौडेलसंग कोरोनाविरुद्धको अभियानलाई प्रभावकारी बनाउने बारेमा कुराकानी गरेका छन् । 

शनिबार राति भएको टेलिफोन वार्तामा नेता बानियाँले मूख्यमन्त्री पौडेललाई प्रदेशभर स्वास्थ्य सामग्री पुग्ने वातावरण बनाउने बारे कुराकानी गरेका हुन् । संघीय सरकारले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामग्री र प्रदेश सरकारसंग रहेको सामग्रीसमेत प्रदेशभरका सबै जिल्लाका स्वास्थ्य इकाईमा पुर्याउन उनले सुझाव दिए । आवश्यक पर्दा हेलिकप्टरको प्रयोग गर्न समेत उनको सुझाव थियो । मानतामाथिको प्रहारको रुपमा देखिएको कोरोना संक्रमणलाई पराजित गर्न दलीय स्वार्थभन्दा माथि उठेर प्रदेश सरकारलाई सहयोग गर्न नेपाली कांग्रेस तत्पर रहेको बताउँदै नेता बानियाँले प्रदेश सरकारको सक्रियाताको खाँचो औल्याए । 

सबै तहका व्यक्तिमा कोरोना संक्रमणको जोखिम रहेको भन्दै उनले उपचारमा संलग्न स्वास्थ्यकर्मी, सरकारका विभिन्न निकाय, नागरिक समाज, सर्वसाधारण सबैलाई सावधानीपूवर्क अभियानमा जुट्नुपर्ने उनको भनाई थियो । प्रदेशका नाकामा समेत जाँच व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिंदै बानियाँले हेटौंडा–१० स्थित स्वास्थ्य निर्देशनालय र भरतपुरमा कोरोना जाँच गर्ने कार्यका लागि प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराए ।

उनले लकडाउनको समयमा खाद्य संकटको जोखिम रोक्न समेत प्रदेश सरकार अघि बढ्नुपर्ने बताउँदै दैनिक उपभोग्य सामग्री खरिदलाई व्यवस्थित गर्न प्रशासनसंगको समन्वयमा काम गर्नुपर्नेमा जोड दिए । विहान र साँझपख दैनिक उपभोग्य सामान खरिदका लागि सर्वसाधारणको भिड बढ्दा संक्रमणको जोखिम हुने भएकाले प्रत्येक क्षेत्रका टोल छिमेकका पसललाई प्रशासनको समन्वयमा खुल्ला गर्ने र दुरी कायम गरी खरिदको व्यवस्था गर्न उनको सुझाव थियो ।

कुराकानीमा मूख्यमन्त्री पौडेलले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले काम गरिरहेको बताउँदै सबैसंगको हातेमालोमा अघि बढ्न तत्पर रहेको बताएको बानियाँले जानकारी दिए । मूख्यमन्त्री पौडेलले स्वास्थ्यकर्मीहरुलाई उपचारमा आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउन आफु लागि परेको र थप गम्भिर भएर लाग्ने बताए । उनले नेता बानियाँले कोरोनाविरुद्धको अभियान र लकडाउनबारे दिएका सुझावलाई सकारात्मक रुपमा लिएको भन्दै मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार