सुनिल शिवाकोटी
१६ चैत, हेटौँडा । विश्वब्यापी महामारीको रुपमा कोरोना भाईरस ( कोभिड १९)को जोखिमलाई मध्यनजर गर्दै सरकारले देशभर लकडाउन गरेको छ ।लडकडाउनको आज छौठौ दिन देशका मुख्य राजमार्ग, बजार, कलकारखान ठप्प छ ।
लकडाउनको असर मकवानपुरमा पनि देखिएको छ । मकवानपुर पुर्वी भेग राइगाउ, फापरबारी, छतिवनमा लकडाउनको समर्थन स्थानियले गरेका छन। बजार,पसल प्रहरीको सहयोगमा स्थानियले आफै बन्द गरेका छन । पश्चिमी क्षेत्र बस्तीपुर,रजैया, मनहरीमा लकडाउनको प्रभाव देखिन्छ । त्यसैगरी उत्तरी क्षेत्र दमान, पालुङ्, भिमफेदी लगायतका स्थान ठप्प छ । यता बागमती प्रदेशको राजधानी रहेको हेटौँडा र सम्रर्ग मकवानपुरमा खाद्यन्न पसल, तरकारी पसल बाहेक सडक, बजार, कलकारखान ठप्प रहेको छ।
हेटौडा हुदै देशको राजधानी र देशका मुख्य शहरलाई जोड्ने राजमार्गमा सवारी नगुडेपनि गन्तव्यमा पुग्न पैदलयात्रीको भने चहलपहल देखिएको छ ।लकडाउनले गर्दा सवारी नचल्दा बालबालिका, महिला र बृद्ध तातोघाममा पैदल हिडिरहेका छन विशेषगरी बारा, पर्सा, रौतहट र सालार्ही घर बताउने उनिहरु राजमार्गमा हिडिरहेका छन ।
झापा घर भएका ४५ बर्षीय कुष्ण प्रसाद पौडेल सवारी नगुडेपनि गन्तव्यमा पुग्न पैदल हिडन बाध्य भएको पुर्व पश्चिम राजमार्ग मनहरी गाउँपालिका १ रजैयामा भेटिएका थिए । ११ गते बुटवलबाट घर जान हिडेका पौडेलले कही टयाक्टर, कहिले पैदल, कहिले साइकलमा लिप्ट्मा मनहरी गाउँपालिका रजैयामा आइपुगेको तितो अनुभव प्रष्ट खबरलाई सुनाए ।बुटवलका एक होटलमा काम गर्दै आएका पौडेल लकडाउनको सुचना नपाउदा हिडेर घर पुग्ने अठोटमा रहेको बताए ।
“कसैले खान पनि दिदैन, कसैले पानी पनि दिदैन, किनेर खान पसल खुल्ला छैन,हिडेर घर पुग्छु भन्ने आटले चिउरा दालमोट खादै आज चौथो दिन यहासम्म आइपुगे, हेटौँडामा सानिआमाको घर छ, त्यही गएर आश्रय लिन्छुुु”पौडेलले बताए ।
पौडेल त अदाहरण मात्र थिए । दैनिक १०० भन्दा बढी व्यक्ति राजमार्गमा पैदल हिडने गरेको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी नायव निरीक्षक राजेश कुमार यादवले बताए ।
दैनिक ५०।६० जान पैदल हिड्दै आएका हिड्न नसकेर थाकेका, व्यक्तीलाई गाडी रोकेर पठाउने गरेको प्रहरी नायव निरीक्षक यादवले बताए । राजमार्गमा हिडेने प्राय गरेर विभिन्न जिल्लामा मजदुरी गर्ने तराईबासी रहेको यादवले बताए ।
मनहरीमा पैदलयात्रीलाई चिउरा, दालमोट र पानीको व्यवस्था
लकडाउनको कारण राजमार्गमा सवारी नगुडेपनि गन्तव्यमा पुग्न पैदलयात्रीका यतिबेला तातिनै छ । यसैक्रममा पैदलयात्रीलाई राहत स्वरुप मनहरीमा पैदलयात्रीलाई चिउरा, दालमोट र पानीको व्यवस्था गरिएको छ ।
मनहरी गाउँपालिका र ईलाका प्रहरी कार्यालय मनहरीको सहकार्यमा मकवानपुरको पश्चिम तर्फ चितवनबाट बारा, पर्सा, रौतहट तर्फ जान पैदल हिडेकालाई इप्रका मनहरी अगाडि चौतारोमा चिउरा, दालमोट र पानीको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।लकडाउनले गर्दा सवारी नचल्दा, पसल नखुल्दा खान नपाई भौकै हिडिरहेको मानिसलाई राहत स्वरुप चिउरा, दालमोट र पानीको व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले बताए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)