Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-६ मा वडा कार्यालयको रोहवरमा कांग्रेसद्वारा राहत वितरण

H3-1585496178.jpg

१६ चैत, हेटौंडा । हेटौंडा ६ नम्बर वडा कार्यालयको रोहवरमा नेपाली कांग्रेसले वडामा ३४ परिवारलाई राहत वितरण गरेको छ । नेपाली कांग्रेस मकवानपुरका नेताहरुको व्यक्तिगत पहलमा विभिन्न क्षेत्रबाट आई बस्ने श्रमिक मजदुर र वडामा रहेका विपन्न परिवारलाई राहत वितरण गरेको हो । 
नेपाली कांग्रेस हेटौंडा नगरसभापति आनन्दराम पराजुलीको नेतृत्वमा रामनगरमा २४, चुच्चेखोलाका ९ र कृष्णनगरका एक परिवारलाई राहत वितरण गरेको छ । कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बस्तोला, कांग्रेस नेता होमनाथ गौतम, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, टोल विकास संस्था ६ नम्बर वडा समन्वय समितिका सचिव विजय पौडेल, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरव पराजुली लगायतको उपस्थिति रहेको थियो । स्थानीयले दिएको जानकारीका आधारमा राहत वितरण गर्न समन्वय गरेको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । 
आगामी दिनमा पनि वडाभरीबाट तथ्यांक संकलन गरी दैनिक ज्यालादारीमा श्रम गर्ने विपन्न श्रमिक र विपन्न परिवारलाई राहत वितरणका लागि समन्वय गर्ने अध्यक्ष चौलागाईले जानकारी दिए ।

H1-1585496302.jpg
H2-1585496302.jpg
H6-1585496312.jpg
H4-1585496405.jpg
H5-1585496414.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार