१७ चैत, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिले सोमबार पनि हेटौंडाका ५ वडामा राहत वितरण गरेको छ । सरकारले घोषणा गरेको लकडाउनको समयमा दुई छाक टार्न समस्या परेका निर्माण मजदुर र विपन्न १ सय २० घरपरिवारलाई खाद्य सामग्री वितरण गरेको हो । कांग्रेसले हेटौंडाको वडा नम्बर २, ४, ५, ८ र ९ मा खाद्य सामग्री वितरण गरेको छ । १० किलो चामलसहित दाल, नुन, तेल, मसला, साबुनलगायतका सामग्री सहयोग गरेको नगर सभापति आनन्दराम पराजुलीले बताए ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, ११ नम्बर वडा सभापति विष्णु खनालसहित नेताहरु उत्सव इटेनी, होमनाथ गौतम, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष राजेश बानियाँ, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोईराला, सञ्जिव सापकोटा, महिला संघ जिल्ला सदस्य जानकी गिरी, सुशिला गौतम, सागर अर्याल र पुरुषोत्तम पौडेलले सामग्री सहयोग गरेका थिए ।
खाद्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल ट्रेड युनियन मकवानपुर अध्यक्ष यमबहादुर श्रेष्ठ, शान्तिनगर टोलविकास संस्थाका अध्यक्ष देवीबहादुर बुढाथोकी, नेकपा हेटौंडा–४ का लवराज ठकुरी, नेपाली कांग्रेसका गावाकृष्ण घिमिरेलगायत प्रहरीप्रशासनको रोहवरमा वितरण गरिएको थियो । आगामी दिनमा पनि दैनिक छाक टार्न समस्या परेका परिवारलाई जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुमतिमा सामग्री वितरण गर्ने नगर सभापति पराजुलीले बताए ।
कांग्रेसले आइतबार हेटौंडा वडा नम्बर १, ४ र ६ नम्बर वडाका ८० ज्यालादारी गरी दैनिकी चलाउने श्रमिक एवं विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

