१८ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८१ पुगेको छ ।
७ लाख ८४ हजार ४ सय ४० जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । संक्रमितहरु ठूलो संख्यामा उपचार पछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ लाख ६५ हजार ३ सय ८७ जना उपचारपछि निको भएका छन् ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटालीमा थप ८१२ जनाको मृत्यु भएपछि त्यहा मृतकको संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।
कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा एकैदिन थप ९ सय १३ जनाको मृत्यु भएको छ । त्यहां कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ ।
फ्रान्समा पनि मर्ने र संक्रमितको संख्या बढीरहेको तथ्याङकले देखाएको छ । फ्रान्समा अहिलेसम्म ४४ हजार ५ सय ५० जनामा संक्रमण भएको छ भने ३ हजार २४ जनाले ज्यान गुमाएका छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ४ सय १८ जनाको ज्यान गएको छ ।
पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टरको रुपमा विकास भइरहेको अमेरिकामा थप ५ सय ६५ जनाको मृत्यु भएको छ । यो संगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजरा १ सय ४८ पुगेको छ भने संक्रमितको संख्या १ लाख ६३ हजरा ४९० पुगेको छ । अमेरिकामा एकैदिन १९ हजार ९ सय ९९ जना संक्रमित भएको पुष्टि भएको छ ।
यस्तै दक्षिणपूर्वि एसियन राष्ट्र इरानमा २ हजार ७ सय ५७ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ८६ जना नायँ संक्रमित थपिएसँगै कुल संक्रमितको संक्रमितको संख्या ४१ हजरा ४ सय ९५ पुगेको छ ।
कोरोना संक्रमणबाट बेलायतमा १ हजार ४ सय ८ जनाको मृत्यु भएको छ । यस्तै जर्मनीमा ६ सय ४५ जनाको मृत्यु भएको छ भने बेल्जियममा मृत्यु हुनेको संख्या ५ सय १३ पुगेको छ ।
कोरोना भाइरसको उदगमस्थल चीनमा भने कोरोनको नयाँ संक्रमण र मृत्यु हुनेको संख्या घटेको छ । पछिल्लो समय चीनमा नयाँ संक्रमित ७९ जना फेला परेका छन भने मृत्यु हुनेको पछिल्लो संख्या ५ जना मात्रै रहेको छ ।
चीनमा अहिलेसम्म ८१ हजार ५ सय १८ संक्रमित भएका छन् भने ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । चीनमा ७६ हजार ५२ जना उपचारपछि निको भएका छन् ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















