Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा अब 'पास' बन्द, खाद्यान्न र तरकारी पसल दिउँसो मात्रै खुल्ने

CDO-1585712990.jpg

१९ चैत, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनको समयका लागि उपलव्ध गराउँदै आएको पास बन्द गरेको छ । यसअघि विभिन्न क्षेत्रलाई पासको व्यवस्था गरेको थियो । तर पासको दुरुपयोग भएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले यस्तो व्यवस्था गरेको हो । 
अत्यावश्यक सेवाका सवारी र प्रेसका सवारी मात्रै नियमित संचालनमा आउने भएका छन् । त्यसबाहेक अन्य क्षेत्रलाई उपलवध गराउँदै आएको पास बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न तथा तरकारी पसलहरु अब दिउँसो मात्रै खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौंरले जानकारी दिए । लकडाउनलाई प्रभावकारी बनाउन खाद्यान्न र तरकारी पसल विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खुल्ने भएका छन् । दुग्धजन्य पर्दाथ बिक्री बितरणको समय भने बिहान ६ः०० देखि ९ः०० बजेसम्म मात्र कायम गरिएको छ ।
किनमेलको बहानामा बजारमा विहान र साँझपख भिडभाड हुन थालेपछि यस्तो व्यवस्था गरिएको छ । अन्य समयमा ति पसल खोले कारवाही हुने भएको छ । दिउँसो किनमेल गर्न जाँदा समेत भिडभाड नगर्न आग्रह गरिएको छ । औषधी पसल भने सधैं खुल्ला रहने छन् । लकडाउन उल्लंघनको क्रम बढेसंगै कमाण्ड पोष्टले चहलपहलमा थप कडाई गरेको छ । लकडाउनको अवधीमा संचालनमा आएका सवारी नियन्त्रणमा लिई डकडाउन अवधी सकिएपछि मात्रै फिर्ता दिईने भएको छ ।

FB_IMG_1585714021454-1585714053.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार