Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरी कार्यालयमा ‘डिस्इन्फेक्सन’ गर्ने कार्य शुरु

Police-(2)-1585881548.JPG

२१ चैत, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्ना कार्यालयहरुमा डिस्इन्फेक्सन गर्ने काम शुरु गरेको छ । कोरोनाको संक्रमण रोक्नका लागि प्रहरी कार्यालयहरुमा डिस्इन्फेक्सन गर्ने कार्य शुरु भएको हो । 
प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले यसको शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका सवारी साधन र आफ्नो कार्यालय परिसर र आसपासमा डिस्इन्फेक्सन गरिएको थियो । प्रहरी बरिष्ठ उपरीक्षक दाहालले कोरोनाको संक्रमण रोक्नका लागि आचारण र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले कामको सिलसिलामा धेरै मानिसहरुसँग सम्पर्क हुन सक्ने हुँदा साबुन, सेनेटाईजर, मास्क, पन्जा लगायतका सामाग्रीको सहायताले सुरक्षित रही आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिए । उनले सरकारले घोषणा गरेको लकडाउनको राम्रोसँग पालना गर्न, घरबाहिर जानैपर्ने काममा बाहेक ननिस्कन, हात मिलाउने तथा अंकमाल नगरी टाढैबाट नमस्कार गर्न,  सामाजिक दुरी कायम गर्न,  बारम्बार साबुन पानी वा सेनेटाईजरले हात सफा गर्न, सरसफाईमा विशेष ध्यान दिन, खोक्दा र हाछिउँ गर्दा नाक र मुख छोपेर मात्र गर्न, मुख, नाक र आँखामा हात लैलानु अगाडि वा खानेकुरा छुदा वा खाँदा २/३ पटक सोचेर मात्र हात सफा भए नभएको एकिन गरी गर्न र हातमा घडि, चुरा, डोरो आदि बाँधेको भए पनि अहिलेलाई नलगाउने जस्ता सामान्य कुराहरुमा विशेष ध्यान दिन समेत प्रहरी रसर्वसाधरणलाई आग्रह गरेको कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार