२३ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघेको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिले सम्म ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ९१ पुगेको हो । एकैदिन थप ५ हजार ५ सय १७ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्याले ६४ हजार नाघेको हो ।
अहिलेसम्म १२ लाख १ हजार ४ सय ७३ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितको संख्या एकैदिन ८४ हजार ८ सय १२ थपिएको छ ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ४६ हजार ४ सय ६७ जना उपचारपछि निको भएका ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४२ हजार २ सय ८८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । ८ लाख ४८ हजार २७ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा अहिलेसम्म १५ हजार ३ सय ६२ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो । इटालीमा एकैदिन ६ सय ८१ जनाले ज्यान गुमाएका छन् । इटालीमा पछिल्लो समय ४ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । गएको केहीदिनको तुलनामा नयाँ संक्रमितको संख्यामा कमि आएको छ ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ४७ पुगेको छ । स्पेनमा ७ सय ४९ जना थप मृत्यु भएको छ भने ४ हजार ८ सय ५ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार ४८ जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या ८ हजरा ४ सय ५२ पुगेको छ । विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३४ हजार १ सय ९६ जना नयाँ संक्रमित थपिएपछि यहाँ ३ लाख ११ हजार ३ सय ५७ जना संक्रमित पुगेको छ । अमेरिकामा संक्रमित र मृतकको संख्या बढीरहेको छ ।
यस्तै फ्रान्समा एकैदिन १ हजार ५३ ज्यान गुमाएपछि यहाँ मर्नेको संख्या ७ हजार ५ सय ६० पुगेको छ । यहाँ संक्रमितको संख्या ८९ हजार ९ सय ५३ पुगेको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार ४ सय ५२, बेलायतमा ४ हजार ३ सय १३, बेल्जियममा १ हजरा २ सय ८३, नेदरल्याण्डसमा १ हजार ६ सय ५१, जर्मनीमा १ हजार ४ सय ४४ र स्विटजरल्याण्डमा ६ सय ६६ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने ज्यान गुमाउनेको संख्या स्थिर जस्तै भएको छ । पछिल्ला केही दिन यता चीनमा ज्यान गुमाउनेको संख्या निक्कै घटेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय २९ जनाले ज्यान गुमाएका छन् ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















