Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेसको भीमफेदी र हेटौंडामा भेला

2017-03-28-19-32-53-1-1491405595.png

२३ चैत, हेटौंडा । नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रम अन्तरगत भीमफेदी गाउँपालिकाको ५ र ६ नम्बर वडाको संयुक्त भेला भएको छ ।
भीमफेदी गाउँपालिका चुनाव प्रचारप्रसार समितिका संयोजक गोपीराम बलको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टीका जिल्ला सचिव आनन्द कठायतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
भेलामा महाधिबेशन प्रतिनिधी मोमलाल दोङ, भैसे र निबुवाटारका पार्टी सभापतिद्वय क्रमशः नारायण थापा र संजिव श्रेष्ठ, महिला नेतृहरु गोरीमाया लामा,  शान्ति विक, राधिका सुनार, बुनु आचार्य, नवराज थापा, सोमबहादुर स्याङतान, पूर्णबहादुर स्याङतान, गिरिराज पुडासैनीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमले ५ नम्बरमा गिरिराज पुडासैनीको संयोजकत्वमा ११ सदस्यीय र ६ नम्बरमा रुद्र लामाको संयोजकत्वमा १० सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
यस्तै, नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रम अन्तरगत हेटौंडा १८ को हर्नामाडी रामधुनीमा बुधबार कार्यकर्ता भेला भएको छ ।
साविक हेटौंडा २४ का सभापति राजेन्द्र बानियाँको सभाध्यक्षता तथा पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माको प्रमूख आतिथ्यतामा भएको भेलामा बिशेष अतिथिहरु जिल्ला सल्लाहकार दामोदर सुवेदी र प्रभात दाहाल, अतिथिहरु जिल्ला सदस्य सुशान्त श्रेष्ठ, नगर सभापति आनन्दराम पराजुली, नेपाल महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, सचिव निलम देवकोटा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, रूपेश केसी, पुरुषोत्तम अधिकारी, विकाश श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।त्यसैगरी, नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका ४ ले आफ्नो चुनाव प्रचारप्रसार कार्यालय बुधबार पारिजातपथमा एक कार्यक्रम गरी उद्घाटन गरेको छ ।
काँग्रेस हेटौंडा ४ का सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षता तथा पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
उद्घघाटन कार्यक्रममा अतिथिहरु सल्लाहकार अशोक शाक्य, जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईराला, ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नगर सभापति आनन्दराम पराजुली, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरी, महाधिबेशन प्रतिनिधी रमेशध्व कार्की, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, ३ नम्बर क्षेत्रीय सदस्य गणेशहरि उप्रेती र शिवराम सुवेदी, महिला संघ ३ नम्बर सभापति तारा कार्की, ४ नम्बरकी सभापति उषा गौतम, तरुण दल ४ नम्बर अध्यक्ष कमलराज मैनाली, किसान संघ ४ नम्बरका सभापति रेशम श्रेष्ठलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार