२३ चैत, हेटौंडा । सरकारले कोरोनाको संक्रमण रोक्नका लागि लकडाउनको घोषणा गरेको छ । यसले गर्दा ग्रामिण क्षेत्रबाट शहरमा आई स्वास्थ्य जाँचका लागि समस्या परिरहेको गुनासो आईरहँदा मकवानपुरमा भने शहरदेखि गाउँसम्मै स्वास्थ्य जाँचको व्यवस्था मिलाईएको छ ।
मकवानपुरका १० वटै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य जाँचको व्यवस्था मिलाएका हुन् । ग्रामिण भेगका स्वास्थ्य संस्थामा कम स्रोतसाधनको उपलव्धता भएपनि स्वास्थ्यकर्मीहरुले विरामीहरुलाई अहिले असहज परिस्थितिमा पनि निर्वाध सेवा दिईरहेका छन् । पूर्वी मकवानपुरको सिमानामा रहेको राईगाउँस्थित स्वास्थ्य संस्थाले लकडाउनपछि मकवानपुर प्रवेश गरेकाहरुको जाँचमा विशेष निगरानी गरिरहेको राईगाउँ स्वास्थ्य चौकीका प्रमुख फुलेश्वर पाण्डेले बताए ।
मकवानपुरका पश्चिमी क्षेत्रमा रहेको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले पनि यस क्षेत्रका विरामीलाई नियमित भन्दा अझ सावधानीका साथ सेवा दिईरहेको छ । केन्द्रले ‘ज्वरो क्लिनिक’ नै संचालन गरी ज्वरोका विरामीलाई छुट्टै जाँचको व्यवस्था मिलाएको छ । कोरोनाको त्रासका कारण अन्य रोगका विरामीलाई जाँचमा वेवास्ता भईरहेको खबर आईरहँदा मनहरीले सबैलाई समान ढंगले उपचार गरिरहेको मनहरी स्वास्थ्य केन्द्रका प्रमुख डा.शरदप्रसाद दाहालले बताए ।
बागमती प्रदेशको सदरमुकाम हेटौंडामा हेटौंडा अस्पतालले जिल्लाभरका विरामीलाई सेवा दिईरहेको छ । हेटौंडा–४ स्थित श्रमिक मावि कर्रामा आईसोलेशन वार्ड र हेटौंडा–१० स्थित हेटौंडा एकेडेमीमा क्वारेन्टाईन वार्ड स्थापना गरी सेवा दिईएको छ । यी दुई स्थानमा विरामीहरुको जाँच, नमूना संकलन गरी हेटौंडास्थित कोरोना जाँच प्रयोगशालामा पठाउने र परामर्श दिने काम भईरहेको आईसोलेसन वार्ड प्रमुख एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए ।
मकवानपुरमा हालसम्म २१९ क्वारेन्टाईन बेड, ३४ आईसोलेसन बेड र ४ आईसियुको व्यवस्था गरिएको छ । सबै स्थानीय तहले विरामीहरुलाई गाउँमै उपचारमा सहजताका लागि स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गरिरहेका छन् । जसले गर्दा कोरोना संक्रमणको जोखिमको अहिलेको अवस्थामा सामान्य विरामी पर्दा शहर पुग्नुपर्ने अवस्था हटेको छ ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)