Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

स्थानीय तहलाई थाहै नदिई लुसुलुसु राहत वितरण

Rahat-1586221491.jpg

File Photo

२४ चैत, हेटौंडा । सरकारले स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्ने मापदण्ड तय गरेपनि मकवानपुरमा भने आफुखुशी राहत वितरण गर्ने क्रम बढेको छ । विभिन्न संघसंस्था र राजनीतिक दलले आफुखुशी सिधै गएर राहत वितरण गर्न थालेका छन् । 
यसले गर्दा राहत वितरणमा दोहोरोपना आउनुका साथै टाठाबाठाले मात्रै राहत पाउने अवस्था देखिएको छ । ‘अहिले राहत वितरणमा चुनावी दाउपेज समेत हुने गरेको छ ।’–हेटौंडा–४ का एक स्थानीयले भने–‘राजनीतिक दलका नेता कार्यकर्ता आउने र लुसुलुसु घरमा राहतको पोको पुर्याउने गरेको देखेको छु ।’ राजनैतिक दलमा पनि आफ्ना गुटका मान्छेलाई राहत पुर्याउने क्रम बढेको उनको भनाई छ । जनताबाट निर्वाचित जनप्रतिनिधिलाई छलेर नेता कार्यकर्ताको घरमा राहत गोदाम गरेर बाँड्ने क्रम शुरु भएको छ । हेटौडाको एक वडामा एक पार्टीले गोप्य रुपमा राहत वितरण गर्न तयारी गरिरहँदा प्रहरी पुगेपछि उनीहरुले राहत घरमै थुपारेका थिए ।
‘सरकारको निर्देशन र उपमहानगरपालिकाको कार्यविधि मिचेर राहत वितरण गरे प्रशासनमार्फत जफततर्फ लाग्नेछु ।’–त्यो वडाका अध्यक्षले भने । आफुखुशी संघसंस्था र राजनीतिक दल पुगेर दल र आफु निकटकालाई वितरण गर्न थालेपछि राहत नपाउने निरास हुन थालेका छन् । ‘साँध पारी एकथरी राहत, साँध वारी अर्कोथरी राहत दिंदा समस्या हुँदो रहेछ ।’–राहत वितरण गरेका सामाजिक संस्थाका एक प्रतिनिधिले भने–‘सरकारले तोकेको मापदण्डमा राहत प्याकेज तयार गरी सम्बन्धित स्थानीय तहको जनप्रतिनिधिसंग समन्वय गरी बाँड्नु नै उपयुक्त हुनेरहेछ ।’ उनको अनुभवमा आफुखुशी राहत वितरण गर्न विवाद समेत भईरहेको छ । 
हेटौंडा नगरका अधिकांश वडामा जनप्रतिनिधि र संघसंस्थाले एक चरणको राहत वितरण गरिसकेको अवस्थामा आफुखुशी राहत वितरण गर्दा दोहोरिने निश्चित देखिएको छ । उपमहानगरपालिकाले समेत राहत वितरण थाल्न लागेको अवस्थामा अब संघसंस्था र राजनैतिक दलले राहत वितरण गर्दा दोहोरोपना आउने र दलीय रुपमा पक्षपात हुन सक्ने भन्दै हेटौंडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले भने–‘लुसुलुसु राहत बाँड्न रोक्नुपर्छ ।’ उनले टोल विकास संस्थाले विवरण संकलन गर्ने र उपमहानगरपालिकाले तय गरेको समितिले त्यसलाई अन्तिम रुप दिएर वितरण गर्दा उपयुक्त हुने उनको भनाई छ । 
सबै स्थानीय तहका प्रतिनिधिले पक्षपात ढंगबाट राहत वितरण गरे कार्यविधिमै कारवाही व्यवस्थाको गरिएकाले जनप्रतिनिधिलाई विश्वास गर्ने र जनप्रतिनिधिले समेत वडा तहमा सबैको समन्वयमा वितरण गर्ने वातावरण बनाउनु उपयुक्त हुने चौलागाईको भनाई छ ।
राहत वितरणका क्रममा लकडाउनको मुल मर्मत भौतिक दुरी कायम नभएको पनि गुनासो आईरहेको छ । 'राहतको नाममा गरिने जमघट नियन्त्रण गरौ सरकार, भोलि पछुताएर हुदैन बेलैमा चेत खुलोस्’-राजनैतिक अगुवा हेटौंडा–६ का बालकृष्ण चौलागाईले फेसबुकमा लेखेका छन् । अधिकांश राहत वितरणमा उनले भने झैं सयौंको संख्यामा सर्वसाधारण जम्मा भएको प्रष्टखबरको रिपोर्टिङको क्रममा देखिएको छ । राहतलाई व्यवस्थित गर्न अनिवार्य रुपमा जनप्रतिनिधि र प्रहरीको उपस्थिति हुनुपर्ने अवस्था गरी भौतिक दुरी कायम गर्नुपर्ने देखिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार