Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ब्लड बैंकमा रक्तदाता आउन थालेपनि अझै रगत अभाव कायमै

Blood-Donation-1586224830.jpg

२५ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिमका कारण हेटौंडामा रगतको अभाव कायमै रहेको छ । कोरोना संक्रमणको जोखिम र सरकारले गरेको लकडाउनका कारण नेपाल रेडक्रसबाट संचालित ब्लड बैंक हेटौंडामा रगतको अभाव कायमै रहेको हो । 
बैंकमा अहिले ओ पोजेटिभ, ए पोजेटिभ, एबि पोजेटिभ र बि पोजेटिभ समूहको रगतको अभाव रहेको र फोन गरेर रक्तदातालाई बोलाउनु परिरहेको व्लड बैंकका प्रमुख टंकप्रसाद दाहालले बताए । प्रष्टखबरमा समाचार प्रकाशित भएपछि रक्तदाताहरु ब्लडबैंक पुगेर रगत पनि दिन थालेको उनले बताए । ‘तपाईहरुको समाचारले ठूलो सहयोग पुग्यो, अहिले रक्तदाताहरु आएर रक्तदान गरिरहनु भएको छ तर अझै अभाव चैं छ ।’ सोमबार अपरान्ह प्रष्टखबर टोली पुग्दा पनि रक्तदान भईरहेको थियो । सोमबार १२ जनाले रक्तदान गरेका थिए ।
दैनिक १० देखि १५ युनिट रगत माग भएपनि पुर्याउन नसकिएको दाहालले बताए । चुरेहिल अस्पतालमा हुने मिर्गौलाको डायलासिसका साथै अन्य अस्पतालमा अपरेशन र रक्तअल्पताका विरामीका लागि रगतको माग हुने गरेको दाहालको भनाई छ । रगत अभाव कम गर्न इच्छुक रक्तदाताले ब्लड बैंकको फोन नम्बर ०५७-५२२९७७ मा फोन गरे सम्बन्धित स्थानमै गएर रगत संकलनको तयारी भईरहेको छ । ब्लड बैंक प्रमुख दाहाल (९८४५०२९९७७) र विष्णु रिमाल (९८४५०३०७७५) संग सम्पर्क गरी रगत संकलनमा सहयोग गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

यो पनि पढ्नुस्
हेटौंडामा रगत अभाव, फोन गरेर संकलन गरिंदै


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार