Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

हेटौंडामा स्टाफ बोक्ने एम्बुलेन्स प्रहरीको फन्दामा

Ambulance-(1)-1586229692.jpg

२५ चैत, हेटौंडा । हेटौंडामा स्टाफ बोक्ने एम्बुलेन्स मंगलबार विहान प्रहरीको फन्दामा परेको छ । प्रष्टखबरले 'हेटौैडाका एम्बुलेन्स : स्टाफ बोक्ने विरामी बोक्न आनाकानी गर्ने' समाचार सोमबार प्रकाशित गरेपछि निगरानी बढाएको प्रहरीले सिमाचोकबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो । 
हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको एम्बुलेन्स एक नीजि अस्पतालका मेडिकल स्टाफ बोकिरहेको अवस्थामा प्रहरीको फन्दामा परेको थियो । लकडाउनको समयमा एम्बुलेन्स विरामी बोक्न छोडेर मेडिकल स्टाफ बोकिरहेका छन् । मेडिकल स्टाफका लागि कतिपय अस्पतालले छुट्टै गाडिको व्यवस्था गरेपनि केहीले भने एम्बुलेन्सलाई नै मेडिकल स्टाफ बोक्न प्रयोग गर्दा रिफर गरेका विरामीलाई अन्यत्र लैजान समस्या भईरहेको गुनासोपछि प्रष्टखबरले निगरानी बढाएको थियो । 
गल्ति भएको र अबका दिनमा मेडिकल स्टाफ नबोक्ने चालकको प्रतिबद्धतापछि प्रहरीले पहिलो पटक भएकाले एम्बुलेन्सलाई छोडेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोष्टको बैठकमा यसबारे कुरा गर्न बताउँदै एम्बुलेन्सले मेडिकल स्टाफ बोक्न नपाईने बताए ।

यो पनि पढ्नुस्
हेटौैडाका एम्बुलेन्स : स्टाफ बोक्ने विरामी बोक्न आनाकानी गर्ने

Ambulance-(2)-1586229898.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
पेट्रोल,डिजेलको मूल्य घट्दा, ग्यास र हवाई इन्धनको मूल्य बढ्यो
IMG_0805-1777571645.png

१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...

राष्ट्रपति पौडेलद्वारा एउटा अध्यादेश जारी

१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...

१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg