२७ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ८८ हजार हजार ४ सय २० जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ६ हजार ३ सय ९७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय २० पुगेको हो ।
अहिलेसम्म कोरोनाको संक्रमणले विश्वभर १५ लाख १३ हजार ९ सय ३५ जना मानिसलाई प्रभावित पारेको छ । नयाँ संक्रमितहरुको संख्या एकैदिन ८२ हजार ९ सय ९८ थपिएको हो ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ३ लाख २९ हजार ७ सय ३१ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ४८ हजार ७८ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १० लाख ४७ हजार ४ सय ११ जनाको अवस्था मध्यम रहेको छ ।
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको छ । इटलीमा अहिलेसम्म १७ हजार ६ सय ६९ जनाले ज्यान गुमाएका छन् । यो संख्या विश्वकै सबैभन्दा बढी हो ।
इटालीमा पछिल्लो समय ५ सय ४२ जना मृतक थपिएका छन् भने ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ७ सय ९२ पुगेको छ । स्पेनमा ७ सय ४७ जना थप मानिको मृत्यु भएको छ भने ६ हजार २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन् ।
यता पछिल्लो समय कोरोना भाइरसको इपिसेन्टर बनिरहेको अमेरिकामा थप १ हजार ९ सय २५ जनाको मृत्यु भएपछि यहाँ ज्यान गुमाउँनेको संख्या १४ हजार ७ सय ६६ पुगेका छ ।
विश्वको सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा एकैदिन ३० हजार ५ सय ६७ जना नयाँ संक्रमित थपिएपछि यहाँ ४ लाख ३० सय ९ सय २ जना संक्रमित पुगेको छ ।
यसैगरी लगातार मृतक र नयाँ संक्रमित बढिरहेको फ्रान्समा एकैदिन ५ सय १७ जनाले गुमाएपछि यहाँ मर्नेको संख्या १० हजार ८ सय ६९ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख कटेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ८१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ ला १२ हजार ९ सय ५० पुगेकोे छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ७ हजार ९७ जनाको मृत्यु भएको छ । यहाँ पनि पछिल्लो समयमा मृतकको संख्यामा बृद्धि भइरहेको छ । बेलायतमा एकैदिन थप ९ सय ३८ जनाको मृत्यु भएको छ ।
यसैगरी मध्यपूर्वी एसियाली मुलुक इरानमा ३ हजार ९ सय ९३, जर्मनी २ हजार १६, नेदरल्याण्डसमा २ हजार ३ सय ४९, बेल्जियममा २ हजा २ सय ४० जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने नयाँ संक्रमित र ज्यान गुमाउनेको संख्या स्थिर बनेको छ । यहाँ अहिलेसम्म ३ हजार ३ सय ३३ जनाले ज्यान गुमाएका छन् ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















