२५ चैत हेटौंडा । नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत भीमफेदी गाउँपालिका-८ ईपापञ्चकन्यामा शुक्रबार भेला भएको छ ।
साविक ईपापञ्चकन्या गाविसका सभापति समुन्द्रमान घिसिङको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विशेष अतिथिद्वय निवर्तमान पार्टी सभापति रघुरमण न्यौपाने, जिल्ला सल्लाहकार जयराम लामिछाने, अतिथिहरु पार्टीका जिल्ला सचिव आनन्द कठायत, भीमफेदी गाउँपालिका चुनाव प्रचारप्रसार समितिका संयोजक गोपीराम बल, २ नम्बर क्षेत्रीय प्रवक्ता एवं मकवानपुर काठमाडौं सम्पर्क समिति सभापति पुरुषोत्तम ठकुरी, महिला नेतृहरु गोरीमाया लामा, राधिका सुनार, कोगटे, निबुवाटार, भैसे, कुलेखानी र फाखेल गाविसका सभापतिहरु क्रमशः बुद्धिबहादुर सिजाली, संजिव श्रेष्ठ, नारायण थापा, विश्व लामा र विनय लामा, २ नम्बर क्षेत्रीय तरुण सभापति सुमन श्रेष्ठ, दलित संघका २ नम्बर क्षेत्रीय कोषाध्यक्ष दीपेश विक, विष्णु कार्की, विनय कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
भेलामा राप्रपाका निवर्तमान गाविस उपाध्यक्ष ज्ञानबहादुर भोलनसहित एमाले, राप्रपा, माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी ७६ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
हेटौंडामा पनि कार्यक्रम
नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रमअन्र्तगत हेटौंडा ९ मा शुक्रबार प्रदिप पराजुलीको संयोजकत्वमा २ सय ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
त्यस्तै आर्थिक संकलन समितिको संयोजक मुकुन्द अर्याल, महिला परिचालन समितिको संयोजकमा असली स्याङतान, युवा परिचालनमा अमित श्रेष्ठ, विद्यार्थी परिचालनमा आयुष श्रेष्ठ, जेष्ठ नागरिक परिचालनमा रामप्रसाद अर्याल, भुपु शैनिक एवं प्रहरी परिचालनमा कृष्णबहादुर थापा, दलित परिचालनमा कृृष्ण नेपाली, जनजाति परिचालनमा गजवसिं लामा, धार्मिक संघसंस्था परिचालनमा कृष्णप्रसाद नेपाल, प्रबुद्ध व्यक्तित्व परिचालनमा रोशन गिरी, सम्पर्क कार्यालय संचालनमा केशवप्रसाद न्यौपाने र श्रमिक परिचालनमा सूर्यप्रसाद पौडेलको संयोजकत्वमा ५१/५१ सदस्यीय समिति गठन गरिएको छ ।
कार्यक्रममा ९ नम्बर ईकाई सभापति बीरेन्द्रकुमार लामाको सभाध्यक्षता रहेको थियो ।
त्यसैगरी काँग्रेस हेटौंडा १९ मा वडाका पार्टी सभापति धनबहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति शुक्रबार गठन गरिएको छ ।
हेटौंडा १९ का पार्टी सभापति गुरुङको सभाध्यक्षता तथा पार्टीका पूर्व उपसभापति एवं सल्लाहकार अशोक शाक्यको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु निवर्तमान नगर सभापति ईश्वरलाल श्रेष्ठ, महाधिबेशन प्रतिनिधी रमेश कार्की, दलित संघकी केन्द्रीय सदस्य पवित्रा बिक, महिला संघ ३ नम्बर क्षेत्रीय सभापति तारा कार्की, विष्णु स्याङतान, रामेश्वर वर्तौला, ज्ञानेन्द्र बर्तौला, मानबहादुर गोले, शालिकराम अधिकारीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




