Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमालेको निर्वाचन प्रचार कार्यलय उद्घाटन तिब्र

download-1491665543.jpg

२६ चैत, हेटौंडा । स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै नेकपा एमाले हेटौँडा उपमहानगरकपालिकामा चुनाव प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र ढंगले अघि बढिरहेको छ ।

शनिबार हेटौँडा उपमहानगरपालिकाको ५ वटा वडाहरुमा कार्यक्रमको आयोजना गर्दै एमालेले आफ्नो चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । 

हेटौँडा उपमहानगरपालिका वडा नंबर १, वडा नंबर ११, वडा नंबर १३, वडा नंबर १५ तथा वडा नंबर १८ मा कार्यालयको शुभारम्भ भएको हो । आज भएको १ नंबर वडा भेलाले वडा कार्यालयको उद्घाटन गर्दै कृष्ण प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सय १ सदस्यीय वडा निर्वाचन परिचालन कमिटि निर्माण गरेको छ ।

एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, सहसचिव मिना लामा, अनेमसंघकी केन्द्रीय सचिव विष्णु ओझा, नगर सहसंयोजक हरिबहादुर महत लगाएतको उपस्थिती रहेको थियो ।

त्यसैगरी वडा नंबर १३ मा पनि वडा निर्वाचन प्रचाप्रसार कार्यालयको शुभारम्भ भएको हो । एमाले पुर्व सचिव रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मनोज वाईवाको अध्यक्षतामा २ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन समिति निर्माण भएको छ । त्यसैगरी वडा नंबर ११ मा पनि वडा निर्वाचन कार्यालय शुभारम्भ भएको हो । कार्यालयको उद्घाटन जिल्ला अध्यक्ष मुनु सिग्देलले गरेकी हुन् । त्यस्तै वडा नंबर १५ चुरीयामाईमा पनि वडा निर्वाचन प्रचारप्रसार कार्यालय निर्माण भएको छ । पर्षबहादुर भुजेलेको संयोजकत्वमा भएको भेलाले उनकै संयोजकत्वमा २ सय ५१ सदस्यीय वडा निर्वाचन प्रचारप्रसार समिति निर्माण गरेको थियो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, जिल्ला सचिव एकालाल श्रेष्ठ, उपसचिव मिना लामा , एमाले नेताहरु श्रीधर पोखरेल, नविन सिग्देल, सुनिल मोक्तान, प्रेमबहादुर भोम्जन लगाएतको सहभागिता रहेको थियो । त्यस्तै वडा नंबर १८ मा पनि वडा निर्वाचन प्रचारप्रसार कार्यालयको शुभारम्भ भएको छ ।

एमाले क्षेत्र नंबर १ का क्षेत्रीय  इन्चार्ज कमल विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सदस्य अनिल बाँनीया, क्षेत्रीय उपसचिव प्रकाश बाँनीया लगाएतको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार