२८ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा २ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप ४९ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या २ सय २७ पुगेको हो ।
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या ६ हजार ७ सय २५ पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा ६ सय ३५ जना उपचारपछि स्वस्थ्य भएका छन् ।
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म ६५ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा ४ जनाको ज्यान गएको छ । यस्तै थप २ सय २६ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या ४ हजार ४ सय ८९ पुगेको छ ।
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ भने ३ सय ३० जना संक्रमित भएका छन् । वितेको २४ घण्टामा यहाँ १ जनाको ज्यान गएको छ भने १ सय १२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने १ सय ९० जना संक्रमित छन् ।
दक्षिण एसियाली मुलुक माल्दिभ्स, नेपाल र भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर अवस्थामा छ । यी तीन मुलकमा गरी अहिलेसम्म एकजनाको पनि मृत्यु भएको छैन ।
कोरोना संक्रमणबाट माल्दिभ्समा अहिले सम्म १९ जना संक्रमित भइसकेका छन् । नेपालमा कोरोना संक्रमित ९ जना रहेकोमा एक जना उपचार पछि निको भएका छन् भने अहिले सम्म ५ जना संक्रमित भएका छन् भने दुईजना उपचारपछि निको भएका छन् ।
यस्तै भुटानमा अहिलेसम्म ५ जनामा कोरोना संक्रमण भएको छ । यहाँ दुईजना उपचारपछि निको भएका छन भने तीन जनाको उपचार चलिरहेको छ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















