२८ चैत,हेटौँडा।देशमा लकडाउन जारी छ ।सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरेर लकडाउनको समय तेस्रो पटक बढाएर बैशाख ३ गते सम्म कायम गरेको छ।लकडाउनका कारण सरकारले एसइइ र कक्षा ११ र १२को परीक्षा अर्को सुचना अनाउदा सम्मका लागि स्थगित गरेको छ ।
एसइइ र कक्षा ११ र १२ को परीक्षा स्थगित भएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थी अहिले फुर्सदिला बनेका छन ।मकवानपुरमा भने फुर्सदिला बनेका विद्यार्थीलाई शिक्षकहरुले न्यु मिडियाको माध्यमबाट पढाइमा सहयोग पुर्याइरहेका छन ।
परीक्षा अनिश्चत भएको भन्दै एसईईको तयारी गरिरहेका विद्यार्थी अहिले अध्ययनमा समेत रुचि देखाउन छाडेकाले न्यु मिडियाको सहयोगमा अनलाइन कक्षा गर्ने गरेको नेल्टा बागमती प्रदेशका अध्यक्ष तथा सिद्धार्थ माविका अंग्रेजी शिक्षक गणेश प्रसाद हुमागाईले प्रष्ट खबरलाई बताए ।
परीक्षा स्थगित भएर विद्यार्थी मोवाइल र कम्प्युटरमा ब्यस्त भएको अभिभावकहरुले गुनासो गरेपछि नगरका केही विद्यालयका शिक्षकहरूले घरबाट अनलाइन मार्फल फेसबुक,भाइबर जस्ता न्यु मिडियाको माध्यमबाट विद्यार्थीको पढाइमा सहयोग पुयाउने काम गरिरहेको हुमागाईले बताए ।
हेटौंडा क्याम्पसका लेक्चरर विवशजंग थापाले परीक्षा सरेर फुर्सदिला बनेका विद्यार्थीलाई निश्चित समयमा जुम एप्सका माध्यमबाट एकै पटक २५। ३० जना विद्यार्थीलाई संजालमा जोड्दै विद्यार्थीको समस्यालाई हल गर्ने गरेको बताए ।“सामजिक संजालको पहुच भन्दा टाँढा रहेको विद्यार्थीलाई आवश्यक परेको विषय शिक्षकलाई फोन गरेर र म्यासेजको माध्यमबाट समस्या हल गर्ने गर्दछौँ " थापाले बताए।
अहिले लकडाउनमा विद्यार्थीलाई मोनोटोनस नहोस भन्दै हेटौँडा–२ सिद्धार्थ मावि अंग्रेजी माध्यमका विज्ञान शिक्षक प्रकाश दुलाल, हेटौंडा –९ स्थित प्रगति माविका सहायक प्रधानाध्यापक किशोर पराजुली,त्यसैगरी हेटौंडा–६,चौघडास्थित वंशगोपाल माविका शिक्षक सरोज लामिछाने,हेटौंडा–१८ हर्नामाडीमा रहेको ज्योति माविका गणित शिक्षक भुपेन्द्रचौलागाइँ,हेटौंडा–२,बासुदेव मार्गको बालजागृति बोर्डिङ स्कुल,हेटौँडा–६मा रहेको सुनगाभा शिक्षा निकेतन,हेटौँडा–५ मा रहेको जि एस निकेतन,हेटौंडा–१४मयुरधापस्थित जनज्योति मावि र हेटौंडा ७ नागस्वतिमा रहेको तासिर बोडिङ्ग स्कुलले लकडाउनमा घरमै रहेका विद्यार्थीसंग न्य मिडिया मार्फत आइसिटि कक्षा संचालन गरिरहेका छन ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)