Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

अमेरिकामा कोरोनाबाट विश्वको सबैभन्दा बढीको मृत्यु

मर्नेको संख्या २० हजार नाघ्यो

4-1586655398.png

३० चैत्र, हेटौंडा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणका कारण अमेरिकामा विश्वमा सबैभन्दा बढीको मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म कोरोनो संक्रमणबाट २० हजार ५ सय ७७ जनाको मृत्यु भएको छ । यो संख्या विश्वको सबैभन्दा बढी हो । यसअघि विश्वको सबैभन्दा बढी मानिसको मृत्यु इटालीमा भएको थियो ।
पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३० जनाको थप मृत्यु भएसँगै अमेरिकामा विश्वको सबैभन्दा बढी मानिसको मृत्यु भएको हो । इटालीमा अहिलेसम्म १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ ।
कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा ५ लाख ३२ हजार ८ सय ७९ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ३० हजार ३ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै अमेरिकामा ३० हजार ४ सय ५३ जना उपचारपछि स्वस्थ्य भएका छन् । 
अमेरिकाका पचास वटै राज्यमा कोरोना संक्रमण फैलिएकोमा न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ अहिलेसम्म १ लाख ७२ हजार ३ सय ५८ जना संक्रमित भएका छन भने ८ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । यहाँ पछिललो २४ घण्टामा ७ सय ८३ जना थप मानिसको मृत्यु भएको छ । 
यसैगरी अमेरिकाको दोस्रो प्रभावित राज्यमा न्यूजर्सी रहेको छ । यहाँ २ हजार १ सय ८३ जनाले ज्यान गुमाएका छन् भने अहिलेसम्म ५८ हजार १ सय ५१ जना संक्रमित भएका छन् ।
यस्तै अमेरिकाको अन्य राज्यहरु मिचिगनमा १ हजार ३ सय ९२, लुसियानामा ८ सय ६, मासाचुसेट्समा ६ सय ८६, क्यालिफोर्नियामा ६ सय ३०, इलिनोइसमा ६ सय ७७, पेन्सिलभानियामा ५ सय १ जनाको मृत्यु भएको छ । 
 

5-1586655399.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार