३० चैत, हेटौैडा । हेटौंडामा अहिलेसम्म परिक्षण गरिएका कसैमा पनि कोरोना नदेखिएको कोरोना नियन्त्रणमा काम गरिरहेका स्वास्थ्यकर्मीले जनाएका छन् ।
पछिल्लो समय पठाएका स्वाब मध्ये सबै परीक्षण भईसकेको र ति सबै नेगेटिभ (कोरोना नभएको) पाईएको जनस्वास्थ्य अधिकृत एवं आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बताए ।
चौलागाईका अनुसार चैत १४ गतेदेखि आइतबार विहानसम्म १४ जना आईसोलेसनमा ल्याईएकामा १३ जना डिस्चार्ज भईसकेका छन् । उनीहरु सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । ‘हेटौंडामा ल्याई आईसोलेसनमा राखिएका कसैमा पनि कोरोना नपाईएको उनको भनाई छ । ‘अहिलेसम्म हेटौंडामा कसैमा पनि कोरोना छैन ।’–उनले भने । उनका अनुसार शनिबार मात्रै रिपोर्ट नेगेटिभ पाईएपछि हेटौंडा–४ कर्रास्थित आईसोलेसनमा रहेका ४ जना मध्ये ३ जना डिस्चार्ज भएका छन् । आईसोलेसनमा एकजना रहेको र उनको स्वाब परीक्षण हुन बाँकी रहेको छ । त्यस्तै, उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएकी एक बृद्धाको स्वाब परीक्षण हुँन बाँकी छ । ति महिलामा अन्य कारणले मृत्यु भएको चिकित्सकहरुको भनाई छ ।
हेटौंडा प्रयोगशालाबाट काठमाडौं थप जाँचका लागि लगिएका ३ वटा स्वाब नमूना मकवानपुरका व्यक्तिको नभई पर्साबाट नमूना मात्रै हेटौंडा प्रयोगशालामा ल्याएको हो । पछिल्लो समय संचारमाध्यममा हेटौंडाका ३ जनामा कोरोनाको आशंका वा पुष्टि भन्दै गलत समाचार आएपछि सर्वसाधारणमा त्रास बढेको छ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















