एम्बुलेन्समा बिरामी बनेर घुम्न निस्किएका र ट्रकलाई चेकजाच गर्दै प्रहरी
३० चैत, हेटौँडा । सरकारले लकडाउन घोषणा गरेको आज २०औं दिन पुगेको छ ।हेटौंडामा प्रहरीले दिनदिनै लकडाउन उल्लङ्घन गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ तर सर्वसाधरण लकडाउनको प्रवाह नगरी घुम्न मात्रै रमाएको देखिएको छ ।लकडाउनमा प्रहरीले जतिनै कडाइ गरेपछि सर्वसाधरण भने अटेर गर्दै सवारी चलाउन र घुम्नमा मस्त देखिएका छन ।
शनिबार प्रहरीले हेटौंडाबाट ठुलो संख्यामा लकडाउन उल्लङ्घन गर्ने सवारी नियन्त्रणमा लिएको थियो सवारी चाकलाई सम्झाइबुझाइ गरेर साझ छाडियो।आइतबार लकडाउन उल्लङ्घन गर्नेको संख्यामा कमि आउने विश्वास गरिएपनि लकडाउन उल्लंघन गरी सवारी चलाउनेको संख्यामा कमि आएन ।
प्रहरीले आइतबार दिनभरमा हेटौँडाबाट लकडाउन उल्लंघन गरी सवारी चलाएको भन्दै १८५ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लकडाउन उल्लंघन गर्दै हेटौँडाका विभिन्न क्षेत्रमा चलाईएका १७१ वटा मोटरसाइकल सहित १८५ सवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताए । “ हामी लकडाउन उल्लङ्घन गर्नेलाई पहिला समझाउछौ नमाने नियन्त्रणमा लिन्छौ तर जनताले बाहन पार्छन र लकडाउन भनेको घुम्नका लागि हो भन्दै प्रहरीले आँखा छल्दै घुम्छन्“ प्रहरी निरीक्षक पाठकले प्रष्ट खबरलाई बताए।
उनले आइतबार दिनभरमा १७१मोटरसाइकल, ११वटा अटो र ३ वटा साना सवारी गरी १८५ सवारीलाई नियन्त्रणमा लिएको जनाएका छन् नियन्त्रणमा लिईएका सवारी मध्ये १७१ सवारीलाई दिनभर होल्ड गरी साँझ छोडिएको बताए ।
हेटौंडामा लकडाउन उल्लङ्घन गर्नेको संख्यामा कमि नआएपछि मकवानपुर प्रहरीले लकडाउनलाई भोलिबाट कडाइ गर्ने रणनिती बनाएको जनाइएको छ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)