Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बंशगोपाल २०५६ समूहका विद्यार्थीबाट राहतमा सहयोग

Donation-By-Student-1586856879.jpg

२ बैशाख, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले हेटौंडा–६ को राहत वितरणमा आर्थिक सहयोग गरेका छन् । विद्यालयको 'एसएलसी २०५६ समूह' ले २५ हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।
उनीहरुले सहयोग रकम विद्यालयमै पुगेर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईलाई हस्तान्तरण गरेका छन् । आफु अध्ययन गरेको विद्यालय र सामाजिक हितमा सहयोग गर्ने उद्धेश्यले समूह बनाइएको बताउँदै सहयोग हस्तान्तरण गरेका विद्यासागर दुलालले एसएलसी २०५६ समूहको सहयोगले लकडाउनबाट दैनिक रोजिरोटी खोसिएर छाक टार्न समस्या परेका श्रमिक र विपन्न वर्गलाइ राहत उपलव्ध गराउन टेवा पुग्ने बताए ।
सहयोग रकम बुझ्दै अध्यक्ष चौलागाईले बंशगोपालका पूर्व विद्यार्थीहरुको सहयोगलाई वडाका ज्यालादारी श्रमिक र विपन्न वर्गको राहत वितरणमा सदुपयोग गर्ने बताउँदै सहयोग उपलव्ध गराएकोमा समूहलाई धन्यवाद दिए ।
कार्यक्रममा वडा सदस्य राजकुमार बास्तोला, रामहरी राई, कल्पना विश्वकर्मा, २०५६ समूहका विद्यासागर दुलाल, त्रिभुवनपति भास्कर थापा, चाँदनी मानन्धर, मनोज गौतम, खिलप्रसाद सापकोटा, भवनाथ गौतम, वडाका राजनैतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार