३० चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको बाग्मती गाउँपालिकास्तरीय क्षेत्रीय भेला मंगलबार फापरवारीमा सम्पन्न भएको छ ।
नेपाल तरुण दल फापरबारीका अध्यक्ष किशोर राना मगरको सभापतित्व तथा पार्टीका मकवानपुर सभापति, नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो ।
कार्यक्रममा अतिथिहरु पार्टीका मकवानपुर १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, चोकबहादुर ठाडा, शेरबहादुर लामा, महासमिति सदस्य धर्मराज लामिछाने, दामोदर सुवेदी, महाधिबेशन प्रतिनिधी ज्ञानबहादुर माझी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, सल्लाहकार निरन्जन दाहाल, जिल्ला सदस्य सन्तोष सापकोटा, महिला संघ फापरवारी अध्यक्ष अप्सरा लोप्चन, शिक्षक प्रतिनिधीद्वय शंकर पराजुली र जयनेपाल थापा, पार्टीको क्षेत्रीय प्रतिनिधी फणिन्द्र तिमल्सिनालगायतले मन्तव्य व्यक्त व्यक्त गरेका थिए ।
क्षेत्रीय भेलामा एमाले, राप्रपा, माओवादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरि २ सय २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
गढी गाउँपालिकाको ८ नम्बरमा भेला
नेपाली काँग्रेस मकवानपुरको चुनाव प्रचारप्रसार समितिअन्र्तगत मकवापुर गढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरमा मंगलबार कार्यकर्ता भेला भएको छ । साविक बढीचौर गाविस सभापति बेदनाथ न्यौपानेको सभापतित्व तथा पार्टीका जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेलको प्रमूख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।
कार्यक्रममा अतिथिहरु महासमिति सदस्य विष्णुप्रसाद दाहाल, जिल्ला सदस्य सूर्यबहादुर रुम्बा, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, आमभञ्ज्याङ सभापति यटबहादुर बस्नेत, क्षेत्रीय सल्लाहकार बलराम घिमिरे, पूर्व महासमिति सदस्य दोर्जे लामा स्याङतान्, महिला संघ केन्द्रीय प्रतिनिधी गिता सञ्जेल, २ नम्बर क्षेत्रीय सदस्य उत्तरसिं दोङलगायतले मन्तव्य व्यक्त गरेका थिए । भेलामा एमालेका शुक्रलाल थिङ, राप्रपा, माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी ७८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् भने बुढीचौरमा सुर्यलाल लामाको संयोजकत्वमा ४५ सदस्यीय निर्वाचन प्रचारप्रसार समितिसमेत गठन गरिएको छ ।
हेटौंडा १३ र १६ को विभिन्न टोलमा चुनाव प्रचारप्रसार समिति
नेपाली काँग्रेस मकवानपुरको चुनाव प्रचारप्रसार समितिअन्र्तगत हेटौंडा १३ पदमपोखरी र हेटौंडा १६ को विभिन्न टोलमा मंगलबार चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
पदमपोखरीमा हेटौंडा १५ का साविक ईकाई सभापति चम्फुरत्न लामाको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन प्रचारप्रसार मूल समिति गठन गरिएको छ ।
त्यस्तै पदमपोखरीकै मेम्बर टोलमा कमला थिङको संयोजकत्वमा १०१ सदस्यीय, गुरुङ टोल र रिमाल टोलमा क्रमशः हिराबहादुर थिङ र द्वारिकालाल प्रधानको संयोजकत्वमा ७१/७१ सदस्यीय, वरपिपल टोलमा माधव दुलालको संयोजकत्वमा ५१ सदस्यीय, बनस्पती टोलमा अशोक डिमडुङको संयोजकत्वमा ६१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
हेटौंडा १५ का ईकाई सभापति एवं पदमपोखरी चुनाव प्रचारप्रसार मूल समितिका संयोजक लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर सभापति आनन्द पराजुली, जिल्ला सल्लाहकार प्रभातकुमार दाहाल, निवर्तमान जिल्ला सदस्य अर्जुन कुमार थिङ, क्षेत्रीय सदस्य लक्ष्मी थिङ, ह्टौंडा १३ का वडा सभापति कृष्णबहादुर थिङ, साविक हेटौंडा २१ का क्षेत्रीय प्रतिनिधी कमल चौलागाईलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी हेटौंडा १६ को चिसापानी टोलमा सन्तोष बास्तोलाको संयोजकत्वमा २९ सदस्यीय र घ्याम्पे टोलमा निर्मला सारु मगरको संयोजकत्वमा २१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ ।
हेटौंडा १६ चुनाव प्रचारप्रसार मूल समारोह समिति संयोजक कृष्णप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथिहरु सहसंयोजक रामकृष्ण कोईराला, बलराम थापा, महेश ढकाल, बुद्धि स्याङतान, रमेश ढकाल, मोहन बस्ताकोटी, मोहन ढकाल, रुद्र ढकाललगायतकालले मन्तव्य व्यक्त गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)