Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ

Rapid-1587032286.jpg

४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ ।
हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताए । 
उनीहरु मध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ बर्षीय एक युवक रहेका छन् । 
उनीहरुलाई पिसिआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाईएको छ ।
अपडेट : र्यापिड टेष्टमा पोजेटिभ पाईएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ । आफुलाई पोजेटिभ देखिएकाहरुले पनि परीक्षणमा सहयोग गरेको छ । बागमती प्रदेशमा कोरोना संक्रमणबारे एकिन गर्न करिब १८ सय जनाको र्यापिड डाईग्नोसिस टेष्ट (आरडिटी) विधिमार्फत जाँच गरिएको छ । बुधबारसम्ममा बागमती प्रदेशका १० जिल्लामा  बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाहेक १० जिल्लामा बुधबारसम्ममा १७ सय ९१ जनाको र्यापिड टेष्ट किटबाट जाँच गरिएको थियो । र्यापिड टेष्ट गरिएकामा ७ जना पोजेटिभ पाईएको थियो । काठमाडौंमा ३, धादिङमा १, काभ्रेमा १ र चितवनमा १ जनामा पोजेटिभ पाईएको थियो । र्यापिड टेष्टमा पोजेटिभ पाईएकामध्ये पिसिआर प्रविधिबाट काठमाडौंका २ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । र्यापिड टेष्ट शरिरमा कोरोना विरुद्धको एन्टीबडी तयार भएको छ/छैन भन्ने जाँच भएकाले यसमा पोजेटिभ देखिने वित्तिकै आत्तिनु नपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यसको अन्तिम नतिजाका लागि पिसिआर विधिबाट हुने र यसको परीक्षण हेटौडा–१० स्थित प्रयोगशालाबाट हुने गरेको छ ।

यो पनि पढ्नुस्
बागमती प्रदेशमा १८ सयको र्यापिड टेष्ट, सबैको रिपोर्ट आयो
मकवानपुरमा २८ को र्यापिड टेष्ट, आयो यस्तो नतिजा
हेटौँडामा आजबाट र्‍यापिड टेष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार