७ बैशाख, हेटौंडा । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न दिएको निर्देशन विपरित मकवानपुरमा राहतको नाममा नगद वितरण गरेको प्रति नेपाली कांग्रेस मकवानपुरले आपत्ति जनाएको छ ।
नेपाल कांग्रेस मकवानपुरले जिल्ला पार्टी कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले प्लान नेपालले राडो नेपालमार्फत हेटौंडाका विभिन्न वडामा राहतको नाममा नगद वितरण गरेको प्रति आपत्ति जनाएका हुन् । मकवानपुरमा अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान नेपालमार्फत राडो नेपालले राहतको नाममा नगद वितरणको काम जारी रहेको भन्दै गैरसरकारी संस्थामार्फत राहतको नाममा नगद वितरणको काम बन्द गर्दै राहत रकममा नभई स्थानीयस्तरमा आवश्यक सामग्री सम्बन्धित स्थानीय तहमा उपलव्ध गराउने व्यवस्था गर्न प्रशासनको ध्यानाकर्षण गराएको कांग्रेसले जनाएको छ । राहत वितरणमा राजनीतिक लाभको उद्धेश्य राखेर काम गरेको प्रति आपत्ति रहेको बानियाँले बताए ।
बैशाख ५ गते बेलुका आएको असिनापानी र हावाहुरीका कारण मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ लगायतका क्षेत्रमा सयौं घरगोठ, तरकारी र अन्नबालीमा क्षति पुगेको भन्दै कांग्रेसले त्यस क्षेत्रका जनतालाई यथाशिघ्र गाँसबासको व्यवस्था र अवरुद्ध विद्युत यथाशिघ्र सुचारु गर्न कांग्रेसले माग गरेको छ । संकटको यो अवस्थामा व्ययभार बढ्ने ढंगले गठन गरेको भुमि समस्या समाधान आयोग गठनको निर्णय र्फिता लिन र गन्तव्यमा जान लागेका विपन्न श्रमिक र मजदुरप्रति मानवीयता देखाउन कांग्रेसको आग्रह छ ।
पत्रकार सम्मेलनमा जिल्ला उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, पार्टी वक्ता प्रदिप कोइराला लगायतको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)