Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शुभकामना दौडमा आर्मीको कव्जा

Running-Photo-1-1492148696.jpg

१ बैशाख, हेटौँडा । नेपाली काँग्रेस एवं नेपाल तरुण दल हेटौँडा–६ ले नयाँ बर्षको अवसरमा गरेको ‘शुभकामना खुल्ला दौड प्रतियोगिता’ को उपाधी आर्मीले कव्जा गरेको छ । प्रतियोगितामा आर्मीका खेलाडिले प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । 
५ किलोमिटर दौडमा सिंहनाथ गण चितवन शक्तिखोरका कल्याण बानियाँले १३ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै पहिलो भए । उनलाई पछ्याउँदै १३ मिनेट ३० सेकेण्डमा दुरी पार गर्ने रणसिंह गण गोर्खाका सिजन बस्नेत दोस्रो भए भने १३ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै कालिप्रसाद गण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका टिकाराज कटुवाल तेस्रो भए । 
विजयी एवं सहभागिलाई नेपाली कांग्रेस मकवानपुरका निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, शिल्ड एवं नगद सौजन्यकर्ता होमनाथ गौतम, राजु गरुङले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा विजयीले नगद १५ हजार, दोस्रोले नगद १० हजार र तेस्रोले नगद ५ हजार रुपैँयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दौडमा ३० जनाको सहभागिता रहेको थियो । दौडको यो तेस्रो संस्करण हो । कार्यक्रममा हेटौँडा–६ का पुराना धावक सत्यनारायण मानन्धरलाई सम्मान गरिएको थियो ।
दौडपछि भएको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा निवर्तमान सभापति न्यौपानेले सिर्जनशिल काम गर्ने पार्टीको काम नेपाली कांग्रेस रहेको बताए । राम्रो काम गर्ने र समाजको विकास गर्ने पार्टीका उम्मेदवारलाई छान्न जनतालाई उनले आग्रह गरे । 
कार्यक्रममा पार्टीका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला सभापति ईश्वर पाठक, कांग्रेस हेटौँडा ६ नम्बर इकाई सभापति रामहरी तिमिल्सना, तरुण दल ६ नम्बर इकाई सभापति राजकुमार बास्तोला लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा पार्टीका सल्लाहकारहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्र, नगर र वडाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Running-Photo-2-1492148697.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार