Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरे दलहरुको चुनावी एजेण्डा : २० तल्ले टावर देखि सुरुङ मार्गसम्म

eyjwnda-1492149591.jpg

१ वैशाख, हेटौँडा । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने मकवानपुरका दलहरुले आफ्ना दलीय एजेण्डाहरुमा २० तल्ले टावर देखि सुरुङ मार्गसम्मको विषयलाई समेटेका छन् ।
रेडीयो थाहा सञ्चारले हेटौँडामा आयोजना गरेको स्थानीय निर्वाचनमा दलहरुको एजेण्डाको विषयको कार्यक्रममा बोल्दै मकवानपुरे दलका प्रमुख राजनीतिक दलका नेताहरुले निकै महत्वकांक्षी योजनाहरु प्रस्तुत गरेका छन् । कर्यक्रममा दलहरुले आफ्ना विशेष योजनाहरु सुनाएका छन् ।

विष्णु लामिछाने : कार्यवाहक सभापति, नेपाली कांग्रेस मकवानपुर

– गाउँपालिका र नगरमा ज्येष्ठ नागरिकका लागि सुविधा सम्पन्न बृद्धाश्रमको व्यवस्था
– एक गाउँ, एक प्राविधिक शिक्षा
– जिल्लालाई पर्यटन नगरि बनाउने
– सुविधा सम्पन्न अस्पतालको स्थापना
– जग्गा प्लटीङको अन्त्य, एकिकृत बस्ति विकास
– सडक सुविधालाई बढाउने

मुनु सिग्देल : अध्यक्ष, नेकपा एमाले मकवानपुर
– प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षा, पूर्ण निशुल्क शिक्षाको ब्यवस्था 
– प्रत्येक गाउँपालिकामा आन्तरिक पर्यटन उद्योगको स्थापना, उत्तरी मकवानपुरलाई नेपालकै ठुलो पर्यटकीय स्थल बनाउने
– जिल्लाभर सुविधासम्पन्न सडक विस्तार
– एक गाउँ एक उत्पादन
– सुविधासम्पन्न एकिकृत बस्ती विकासको योजना
– हेटौँडालाई नमुना सहरको रुपमा विकासको योजना
– महिलाहरुलाई स्थानीय तहको प्रमुख स्थानमा लैजाने

प्रेमबहादुर पुलामीः संयोजक, नेकपा माओवादी केन्द्र मकवानपुर
– सबै गाउँपालिकामा प्राविधिक शिक्षा
– सके रोजगारी, नत्र बेरोजगार भत्ता
– किसानलाई कृषि पेन्सन
– भिमफेदी–कुलेखानी सुरुङ मार्ग
– फ्रि वाईफाई तथा आन्तरिक पर्यटन उद्योग
– जिल्लाभरी सुविधासम्पन्न सडक सञ्जाल

रामहरी न्यौपाने : अध्यक्ष राप्रपा मकवानपुर
– हेटौँडामा चक्रपथको निर्माण
– ३ सय शैयाको अस्पताल निर्माण
– औद्योगिक क्षेत्र स्थापनामा पहल
– गाउँपालिकामा प्राविधिक शिक्षा
– सुविधा सम्पन्न सडक सञ्चालन

भिमसेन महत : सचिव, नेकपा माले मकवानपुर
– हेटौँडा नगरलाई पर्यटकीय विकासको लागि २० तल्ले भ्यु टावर निर्माण गरिने छ ।
– रापती खोलाको चौकिटोलबाट बसामाडी लेबट सम्म बाँध बाँधेर उक्त क्षेत्रमा एकिकृत बस्ती र पर्यटकीय क्षेत्र बनाईने
– जिल्लालाई पर्यटकीय योजना बनाउनको लागि गुरुयोजना निर्माण, गुम्वाडाँडालाई कलाको पर्यटकीय स्थाल बनाउने
– सुविधासम्पन्न अण्डरग्राउण्ड पार्कीङको सुरुवात

विवेक वाईवा : जिल्ला सहसंयोजक, नयाँ शक्ति पार्टी मकवानपुर
– पर्यटनको विकासको लागि नयाँशक्तिले जिल्लाको आन्तरिक र वाह्य पर्यटन विकासको लागि योजनाहरु निर्माण गर्ने
– शिक्षा तथा स्वास्थको क्षेत्रमा विशेष प्याकेजहरुको योजना लागु गरिने
– जिल्लालाई औद्योगिक क्षेत्र बनाउनको लागि पहल गर्नेछौ
– सात प्रदेशमा सात मेघा प्रोजेट स्थापना गर्ने योजना अनुसार मकवानपुरमा मेघा प्रोजेटको सुरुवात


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार