Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सरकारले ल्याएको अध्यादेशप्रति नेकपा भित्रै असन्तुष्टि 

93373251_2938358866256598-1587438235.jpg

९ बैशाख, हेटौंडा । सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेशप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधिकांश सचिवालय सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा सदस्यहरुले अहिलेको अवस्थामा राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउनु विधिसम्मत नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । 
गम्भिर विषयहरुमा सरकारले निर्णय गर्दा पार्टीभित्र व्यापक छलफल गर्नुपर्ने भएपनि त्यस्तो हुन नसकेको भन्दै सचिवालय सदस्यहरुले बैठकमा असन्तुष्टि व्यक्त गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 
मन्त्रिपरिषद्को सिफरिस अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरिसकेपछि छलफलको कुनै अर्थ नहुने भन्दै प्रवक्ता श्रेष्ठले बैठकमा कुनै निर्णय भने नभएको बताए ।देश कोरोना संक्रमण सँग लडिरहेका बेला राष्ट्रलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यकता रहेको उनको भर्नाइ छ । आकस्मिक रुपमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरु रोकिएका कारण अध्यादेश ल्याएको बताएको प्रवकक्ता श्रेष्ठले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषद्को सिफारिस अनुसार राजनीतिक दलसम्बन्धि (दोस्रो संशोधनं अध्यादेश २०७७ जारी गरेकी छन् । 
राजनीति दलसम्बन्धि अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत मत पु¥याए पार्टी विभाजन गर्न सकिने उल्लेख छ । फोटोः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार