३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदमपोखरीमा एयरपोर्ट बन्ने बताएका छन् ।
नेपाली काँग्रेस हेटौंडा १३ पदमपोखरीको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै गृहराज्यमन्त्री बानियाँले आईतबार नेपाली काँग्रेस पदमपोखरीमा एयरपोर्ट बनाउन प्रतिबद्ध रहेको बताए । बानियाँले आफूले नागरिक उडड्यनको राज्यमन्त्री हुँदादेखि नै त्यस कार्यालयका प्रमूखलगायत इन्जिनियरहरुसंग निरन्तर सम्पर्कमै रहेको र गृहकार्य अघि बढेको बताउँदै एयरपोर्ट बन्नेमा विश्वस्त रहन आग्रह गरे । गृहराज्यमन्त्री बानियाँले निर्वाचनमा काँग्रेस पछि नहट्ने र बैशाख ३१ मा निर्वाचन हुनेमा ढुक्क रहँदै प्रचारप्रसारमा लाग्न आग्रह गरे ।
साविक पदमपोखरीका सभापति कृष्णबहादुर थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य राजिव सुवेदी, लक्ष्मी थिङ, चम्फुरत्न लामालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
गढीमा २ सय १७ जना काँग्रेस प्रवेश
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको मकवानपुर गढी गाउँपालिकास्तरीय भेला आईतबार आमभञ्ज्याङको डुम्रेकुनामा भएको छ ।
तरुण मकवानपुर गढी गाउँपालिका चुना प्रचारप्रसार समितिका संयोजक सानोकान्छा लामाको सभापतित्व तथा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो । कार्यक्रममा एमाले, राप्रपा, माओवादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी २ सय १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
भेलामा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु सूर्यबहादुर रुम्बा, गोपी अधिकारी, अर्जुन दाहाल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, सचिव ओमबहादुर बस्नेत, क्षेत्रीय प्रवक्ता पुरुषोत्तम ठकुरी, तरुण नेता राजेश भेटवाल, तरुण १ नम्बर क्षेत्रीय अध्यक्ष दामोदर दाहाल, पार्टी आमभञ्ज्याङ गाविस सभापति यटबहादुर बस्नेत, नेता दोर्जे लामा, तरुण गढी र आमभञ्ज्याङ अध्यक्षद्वय धनबहादुर थिङ र कृष्णहरि हुमागाईलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)