३ बैशाख, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदमपोखरीमा एयरपोर्ट बन्ने बताएका छन् ।
नेपाली काँग्रेस हेटौंडा १३ पदमपोखरीको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै गृहराज्यमन्त्री बानियाँले आईतबार नेपाली काँग्रेस पदमपोखरीमा एयरपोर्ट बनाउन प्रतिबद्ध रहेको बताए । बानियाँले आफूले नागरिक उडड्यनको राज्यमन्त्री हुँदादेखि नै त्यस कार्यालयका प्रमूखलगायत इन्जिनियरहरुसंग निरन्तर सम्पर्कमै रहेको र गृहकार्य अघि बढेको बताउँदै एयरपोर्ट बन्नेमा विश्वस्त रहन आग्रह गरे । गृहराज्यमन्त्री बानियाँले निर्वाचनमा काँग्रेस पछि नहट्ने र बैशाख ३१ मा निर्वाचन हुनेमा ढुक्क रहँदै प्रचारप्रसारमा लाग्न आग्रह गरे ।
साविक पदमपोखरीका सभापति कृष्णबहादुर थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकारद्वय उमा दाहाल र रिता खनाल, जिल्ला सदस्य राजिव सुवेदी, लक्ष्मी थिङ, चम्फुरत्न लामालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
गढीमा २ सय १७ जना काँग्रेस प्रवेश
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको मकवानपुर गढी गाउँपालिकास्तरीय भेला आईतबार आमभञ्ज्याङको डुम्रेकुनामा भएको छ ।
तरुण मकवानपुर गढी गाउँपालिका चुना प्रचारप्रसार समितिका संयोजक सानोकान्छा लामाको सभापतित्व तथा नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला भएको थियो । कार्यक्रममा एमाले, राप्रपा, माओवादी केन्द्रलगायत विभिन्न पार्टी परित्याग गरी २ सय १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
भेलामा निवर्तमान सभापति रघुरमण न्यौपाने, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्यहरु सूर्यबहादुर रुम्बा, गोपी अधिकारी, अर्जुन दाहाल, महासमिति सदस्य विष्णुप्रसाद दाहाल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, सचिव ओमबहादुर बस्नेत, क्षेत्रीय प्रवक्ता पुरुषोत्तम ठकुरी, तरुण नेता राजेश भेटवाल, तरुण १ नम्बर क्षेत्रीय अध्यक्ष दामोदर दाहाल, पार्टी आमभञ्ज्याङ गाविस सभापति यटबहादुर बस्नेत, नेता दोर्जे लामा, तरुण गढी र आमभञ्ज्याङ अध्यक्षद्वय धनबहादुर थिङ र कृष्णहरि हुमागाईलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...
१ माघ, हेटौंडा । पोखरामा आइतबार विहान भएको विमान दुर्घटनामा पोखराका पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ । उनको...