Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आमा

Utshab-1587634311.jpg

- उत्सव चौलागाई

शरीरमा पसिना बगाएर पनि
माया र आशिर्वाद दिएर 
नअघाउने मेरी आमा 
भन न तिम्रो मनभित्र 
कति गहिरो प्रेमको समुद्र छ ?

म सम्झिरहेको छु ती दिनहरु
तिमी दिनभर बारीमा 
माटोको डल्ला फोडेर 
थकित भई आउँदा पनि
हामीसँग अङ्कमाल गर्थ्यौ
साना–भाइबहिनीहरु 
तिम्रो पछि पछि लाग्थे
तिमीले पटुकीमा नखाई राखेको
रोटी दिन्थ्यौ
मुसुक्क मुस्कुराउँदै
हामीले खाउञ्जेल हेरिरहन्थ्यौ
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?

आमा तपाईंको कतिवटा पेट छ ?
तपाईंको भोक कसरी मर्छ ?
दिनभर काम गरेर पनि भोक लागेन ?
जवाफमा मेरी आमा भन्ने गर्थिन !
खाएर बचेको बाबु...
मनमनै सोच्थेँ,
कति मीठो झुठ !
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?

मुटुभरी मायाको पुलिन्दा बोकेर
स्नेहको हर्लिक्स खुवाउनु भयो
हौसलाको च्ववनप्रास खुवाउनु भयो
धर्तीमा अथकित हिड्न सिकाउनु भयो
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?

मेरी आमा !
तिमी  स्नेहको आकाश बन्यौ
ममताको धर्ती बन्यौ
लड्थेँ म, दुख्थ्यो तपाईंलाई
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?

आमा ! म सम्झिरहेछु 
सानोमा म बिरामी हुँदा 
मेरो टाउको सुम्सुमाउँदै
हातगोडामा तेल लगाउँदै 
रातभरि तिम्रा आँखा 
रसिला हुन्थे 
अनिदा हुन्थे
आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?

कहिँ कतै जाँदा 
म आउने बाटाभरि
बिच्छ्याइएको त्यो मुटुको कार्पेट 
कसरी भुल्न सक्छु म ?
छोरो न भोकै छ कि भनेर 
मीठो सन्त्रास बोकी
आँखाको दैलो खोली बसिरहने
मेरी आमा भन न
तिम्रो मनभित्र
कति गहिरो प्रेमको समुद्र छ ?

आमा !
यति गहिरो प्रेमको समुद्र
शितल निवासलाई पनि
सिकाइदेऊ न है !


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार