- एसके निधन
हातमा सुरजको बादशाह लिएर
दाउ कुरिराखेको थिएँ
सरकारले सुटुक्क फाल्यो दुवाको तुरूप
-
र यही भएथ्यो पटकपटक
भयो जसरि यसपटक
--
सर्लक्कै सोरिदियो आशा, भरोसा र सपनाको संसार
थुईक्क ! म जनता
पत्तै नपाई फेरी अचेत चिप्लिएँ
.........
....
...
.
अचेतावस्थामा
कोतरिएका, चिथोरिएका आफ्नै आला घाउहरुबाट
तपतप खसेका रक्त थोपाको आवाजले जब बिउँत्यायो
मेरै आगाडी देखेँ सिंहदरबार
उफ ! कस्तो कुरूप भेषभुषा :
समाजवादको चप्पलमा सामन्तबादको फित्ता
गणतन्त्रको सुरुवालमा राजतन्त्रको इँजार
बहुदलीय भोटोमा निरंकुश तुना
टाउकोमा सुर्य फोर्दै गरेको हतौडा
तारा काट्दै गरेको हँसिया
टुप्पीमा झुण्ड्याईएको ब्यानर -
विश्व भरिका मजदुर एक हौ /
..
.
छ्या ! कति हिंस्रक मन :
पेटीमा ढसमस्स बसेर अडर गर्यो खाजानास्ता-
आमाको मुटु कलेजोको मः मः
बाको आन्द्राको चाउमिन
छोरीको गिदिको चट्नी
र
हजुर आमाको रगतको मोही
.....
...
प्रिय ! पाठक माफ गर्नुहोला
सिनो पल्टिएर डुङ्डुङति गनाएको
सरकारी दुर्गन्धले
शब्दहरु हतार हतार भागिरहेका छन्
सिङ्गो कविता लेख्न सकिरहेको छैन
..........
...
र पनि
.....
अन्तिम पटक सम्हालिएर
..........
.....
...
कसम !
मै नरहे मेरो देश कसरि रहला ??
..........
.....
...
सुरजको बादशाह !
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















