Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडाको क्विक ट्वान्टीका अधिकारी बाँदरको भोक मेट्दै

IMG_20200425_064933-1587776997.jpg

१३ बैशाख, हेटौंडा।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले देशभर लकडाउन घोषण गरेको ३३ औँ दिन भईसकेको छ ।लकडाउनमा यतिबेला अधिकांश मानिस आफु कोरोना संक्रमणबाट जोगिन आफ्ना परिवारका साथ घरमा बस्दै आएका छन् । 

सबैलाई आफ्नो, परिवारको र आफन्तको मात्रै चिन्ता छ । सबै परिवार घरमै रहेर समय कटाउन चलचित्र हेर्ने, समाचारमा अपडेट रहने काम गरिरहेका छन् भने घरमा मिठा मिठा परिकार  बनाएको तस्विर सामाजिक हाल्नेहरु पनि बाक्लै भेटिन्छन् । घरबाहिर निस्कन नपाएपछि मठ मन्दिरमा पूजाआजा र भक्तजनको चहलपहल शुन्य प्रायः बनेको छ । तर अहिले केही जंगली जनावर भने समस्यामा परेका छन् । राजमार्ग आसपासका जंगल डढेलोले सखाप हुन थालेपछि ति जनावार खान नपाएर भौकै हुन थालेका छन् ।

यही कुरालाई मध्यनजर गरेर हेटौँडाका दुई जना व्यवसायीले बाँदरको भोक मेट्ने प्रयास गरेका छन् । हेटौँडा–४ हुप्राचौरमा रहेको क्विक टवान्टी पार्टी प्यालेसका दीपक अधिकारी र सरोज अधिकारीले खान नपाएर भोकै रहेका हेटौँडा–१५ रातोमाटेको जंगल र चुरे मन्दिर क्षेत्रका बाँदरलाई खानेकुरा खुवाएका हुन् । उनले पाउरोटी, भुजा लगायतका खानेकुरा खुवाएका छन्।‘राजमार्गमा गुडेका सवारीबाट खसेको र यात्रुले फालेका खानेकुरा खाने बाँदरहरु सवारी नचल्दा र जंगलमा लागेको डढेलोको कारण खाने कुरा नपाएर भोको देखेपछि यसरी खानेकुरा बाँडेको हुँ ।’–उनले भने ।

उनले सबै प्राणीको बाँच्न पाउने अधिकार भएकाले आफुले मानवीय भावनाले बाँदरहरुलाई खानेकुरा खुवाएको बताउँदै यसलाई सबैको सहयोगमा निरन्रता दिनु आवश्यक रहेको बताए । उनले त्यस क्षेत्रका मन्दिर व्यवस्थापन समिति र स्थानीय तहले बाँदहरुलाई खानेकुरा उपलव्ध गराउनु जरुरी रहेको बताए । अहिले खानेकुराको अभावमा कुकुरहरु भोकाउँदा आक्रोशमा मानिसलाई टोक्दै हिड्ने घटना समेत बढेको छ।मानवसंग आश्रित यस्ता जनावरलाई लक्षित गरेर ‘रेष्टुरेन्ट’ संचालन गर्नुपर्ने सर्वसाधारणको भनाई छ ।

IMG_20200425_065008-1587776999.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार