Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कारोनाबाट मर्नेको संख्या २ लाख नाघ्यो

1-1587865081.png

१४ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख नाघेको छ । 
कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ३ हजार २ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ हजार ६९ जनाको मृत्यु भएको छ । 
यस्तै अहिलेसम्म कोरोना संक्रमणबाट विश्वभर कुल २९ लाख २० हजार ९ सय १४ जना मासिन संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ९० हजार ७ सय ३१ जना नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितहरु मध्ये ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् । पछिल्लो तथ्यांक अनुसार ८ लाख ३६ हजार ७ सय ७ जना उपचारपछि निको भएका छन् ।
यस्तै भाइरसका संक्रमणका कारण अहिले ५७ हजार ८ सय ६४ जना गम्भीर अवस्थामा उपचार गराइरहेका छन् भने १८ लाख २३ हजार ७४ जनाको अवस्था मध्यम रहेको छ । 
कोरोनाको संक्रमणबाट सबैभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउँनेको संख्या ५४ हजार २ सय ५६ पुगेको छ । 
अमेरिकापछि अहिलेसम्म इटलीमा सबैभन्दा बढीको कोरोना संक्रमणबाट ज्यान गएको छ । यहाँ २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ । 
यसैगरी कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या २२ हजार ९ सय २ पुगेको छ । 
यसैगरी फ्रान्समा संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार ६ सय १४ पुगेको छ भने बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भइसकेको छ । 
यसैगरी कोरोना भाइरसको संक्रमणबाट बेल्जियममा ६ हजार ९ सय १७, मध्यपूर्वी एसियाली मुलुक इरानमा ५ हजार ६ सय ५०, जर्मनीमा ५ हजार ८ सय ७७, नेदरल्याण्डसमा ४ हजार ४ सय ९, ब्राजिलमा ४ हजार ४५, टर्कीमा २ हजार ७ सय ६, स्विटजरल्याण्डमा १ हजार ५ सय ९९ जनाले ज्यान गुमाएका छन् ।
कोरोना भाइरसको उदगमस्थन चीनमा भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६ सय ३२ रहेको छ । यहाँ नयाँ सक्रमित र मृतकको संख्या पछिल्लो समय स्थिर रहेको छ ।
 

Untitled-1587865082.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार