१४ बैशाख, हेटौँडा ।लकडाउनको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशको आयोजनामा भएको ७ दिने अनलाइन तालिम सम्पन्न भएको छ । नेल्टा बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा प्रदेश भित्रका विद्यालय र क्याम्पस तहमा अध्यापन गर्ने शिक्षकहरुलाई मध्यनजर गरेर आयोजना गरेको ७ दिने अनलाईन तालिम शनिबार सम्पन्न गरेको हो ।
नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको सभाध्यक्षता भएको तालिममा १२० जना भन्दा बढी अंग्रेजी शिक्षकहरु सहभागी रहेको थियो ।
तालिममा नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानको प्रमुख आतिथ्यतामा रहेको थियो भने नेल्टाका पुर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार हेमन्त राज दाहालको विशेष आतिथ्यता र नेल्टा केन्द्रीय समितिका तालिम संयोजक सरिता देवानको आतिथ्यता रहेको थियो । उक्त तालिम नेल्टा बागमतीका महासचिब किशोर पराजुलीले संचालन गरेका थिए ।
तालिममा नेल्टा केन्द्रीय समितिका अध्यक्ष मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्त राज दाहाल, नेल्टाका वरिष्ट उपाध्यक्ष एवं काठमाण्डौ विश्वविद्यालका प्राध्यापक डा लक्ष्मण ज्ञावाली, नेपाल सरकारका सचिब डा हरी लम्साल, अमेरिकन राजदुतावास काठमाडौका अंग्रेजी भाषा कार्यक्रम विशेषज्ञ विश्वराज गौतम, ब्रिटिश काउन्सिल काठमाडौका अंग्रेजी भाषा र शिक्षा कार्यक्रम प्रमुख वैशाली प्रधान, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी अष्ट्रेलियाका एजुकेशनल डिजाइनर एण्ड रिसर्च फेलो डा सुमन लौडारी, नेल्टा इएलटी फोरमका प्रधान सम्पादक एवं स्कुल अफ अप्लाइड ल्याङ्ग्वेज एण्ड इण्टरकल्चरल स्टडिज डब्लिन आयरल्याण्डका पिएचडी स्टुडेण्ट सगुन श्रेष्ठ, नेल्टाका केन्द्रीय कोषाध्यक्ष एवं डिपार्टमेन्ट अफ इङ्ग्लिश एजुकेशन त्रिभुवन विश्वविद्यालका अशोक सापकोटा, नेल्टा बाँकेका अध्यक्ष एवं नेल्टाका केन्द्रीय सदस्य होमराज खड्का, नेल्टा गण्डकी प्रदेशका अध्यक्ष एवं पृथ्वीनारायण क्याम्पस पोखराका रिडर डा नबराज नेउपाने, नेल्टा बागमती प्रदेशका बरिष्ट उपाध्यक्ष एवं बेलोर इन्टरनेश्नल एकेडेमीका लेक्चरर रामेश्वर ठाकुर, नेल्टा चितवनका अध्यक्ष एवं अन्नपुर्ण माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक बटुकलाल तामाङ्ग, मदरल्याण्ड सेकेण्डरी स्कुल पोखराका शिक्षक एवं नेपालका पुर्व ब्रिटिश काउन्सिल स्कुल एम्बासडर बामन कुमार घिमिरे, अंग्रेजी विषयका टेक्स्टबुक राइटर मोहन सिंह साउद, नेल्टा मकवानपुरका पुर्व अध्यक्ष एवं सल्लाहकार नारायण प्रसाद तिवारी तथा नेल्टा मकवानपुरका आइ सी टी सेल संयोजक एवं हेटौडा क्याम्पसका एसिस्टेन्ट लेक्चरर बिबसजंग थापाले प्रशिक्षण दिएका थिए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

