Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अलपत्र परियो भन्दै ढाँटेर सहयोग माग्दै

Help-1587873600.jpg

१४ बैशाख, हेटौंडा । लकडाउनको समयमा अलपत्र परेकालाई उद्धार गर्न विभिन्न व्यक्ति र संघसंथा अहिले जुटिरहेका छन् । आफ्नो गन्तव्यमा जान भनेर हिडेका तर अलपत्र परेका र खान समस्या परेकाहरुलाई मकवानपुरका विभिन्न क्षेत्रमा सहयोग भईरहेको छ । 
तर अलपत्र परेको बहाना बनाउँदै सहयोग माग्ने क्रम पनि शुरु भएको खुलेको छ । हेटौंडा–५ क्याम्पाडाँडामा आइतबार विहानै आफु अलपत्र परेको गुनासो गरे सोलुखुम्बु घर बताउने प्रेम श्रेष्ठले । ३÷४ दिनदेखि खान समेत नपाएको भन्दै दुखेसो पोखेपछि मर्निङ वाकमा रहेका एक स्थानीयले क्याम्पाडाँडामा रहेका प्रहरी समेतको सहयोगमा सवारी साधनमा आवाजतजावत गर्नेहरुबाट स्वेच्छिक रकम संकलन गरे । संकलनका क्रममा १७ सय रुपैंया भयो । मानिसहरु अलपत्र परेको खबर पाएका वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले सहयोगी मन नेपाललाई फोन गरेर उद्धारका लागि आग्रह गरे । 
प्रष्टखबर टिम, सहयोगी मन, प्रहरीको सहयोगमा उनीहरुको उद्धार गरी भोजनका लागि प्रणामी समुदायले सेवा दिईरहेको हेटौंडा–१० तर्फ पठाईयो । तर उनीहरु यसअघि पनि त्यही स्थानमा खाना खाएर गएका रहेछन् । यसअघि प्रेम श्रेष्ठसहित श्रीमति उर्मिला, छोरा प्रकाश र पुष्पलाई घर जाने भनेपछि पटक पटक उद्धार गरी पठाएको प्रहरीले जानकारी दिएको छ । उनीहरु कहिले पूर्व जाने त कहिले पश्चिम जाने भन्दै गएपनि फर्किएर हेटौंडा आई यसैगरी सहयोग संकलन गर्ने गरेको प्रहरीको भनाई छ । 
सोलुखुम्बु जाने भनेर क्याम्पाडाँडाबाट उद्धार गरिएका उनीहरुले प्रहरीलाई आफुलाई नारायणगढ जाने सवारीमा चढाईदिन आग्रह गरेका थिए । आफुसंग परिचय खुल्ने केही नबोकेका उनीहरुले काम गर्ने स्थान समेत स्पष्ट गर्न नभनेको प्रहरीको भनाई छ । अर्का एक त्यस्तै व्यक्ति पनि आफु समस्यामा परेको भन्दै रकम संकलन गर्दै हिड्ने गरेको प्रहरीलाई सूचना आएको जनाईएको छ । मादक पदार्थ सेवन गरेर झगडा गर्ने ति व्यक्ति कहिले सानुपोखरा क्षेत्र त कहिले मेनरोड क्षेत्रमा देखिने गरेको जनाईएको छ । 
‘संचारमाध्यममा उसलाई ‘बेसहारा’ भनेर समाचार आईरहेको छ, तर ति व्यक्ति सानोपोखरा क्षेत्रमा झगडा गर्दै हिडेको अवस्था पटक पटक सम्झाउँदै पठाएको छौं ।’–सानोपोखराका स्थानीयले भने । केही यस्तै गलत काम गर्नेका कारण साच्चै समस्यामा परेकाहरु मर्कामा पर्ने अवस्था आएको उनले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार