Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्रीमा मकवानपुरका ३ को चर्चा

Mantri-Banne-line-Maa-1469521840.jpg

११ साउन, हेटौँडा । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार गठनका लागि आव्हान गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार गर्न व्यस्त छन् । केन्द्रमा नामावली तयार भईरहँदा मकवानपुरमा पनि नयाँ मन्त्री बन्नेमा ३ जनाको नाम चर्चामा छ । 
जिल्लाका राजनैतिक दलका नेता, कार्यकर्ता अहिले मन्त्री बन्नेको लाईनमा नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका एकजना सांसदको नामबारे चर्चा गरिरहेका छन् । चर्चामा रहेका सांसदमा नेपाली काँग्रेसको तर्फबाट पूर्व केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्याय र जिल्ला सभापति इन्द्रबहादुर बानियाँ छन् भने माओवादी केन्द्रको तर्फबाट रामनारायण विडारी छन् । चर्चामा रहेका मध्ये बानियाँ प्रत्यक्ष निर्वाचित हुन् भने विडारी र उपाध्याय समानुपातिकतर्फका हुन् । उपाध्याय पूर्व जलस्रोत राज्यमन्त्री हुन् भने नयाँ संविधान निर्माणका क्रममा विडारी मस्यौदा समितिमा थिए ।

मन्त्री बन्ने चर्चामा विडारीको नाम कानूनमन्त्रीमा छ भने उपाध्याय र बानियाँको खुलेको छैन । माओवादी केन्द्रनिकट एक नेताका अनुसार खिमलाल देवकोटा नयाँ शक्तिमा गएपछि विडारी जत्तिको कानूनका जानकार माओवादीमा नरहेकाले उनी मन्त्री बन्ने प्रायः निश्चित छ । विडारी अहिले प्रचण्डका विश्वासपात्र मध्येका एक भएकाले पनि उनी मन्त्री बन्ने विडारीलाई नजिकबाट चिन्ने जिल्लाका राजनीतिककर्मीहरु बताउँछन् । उपाध्याय र बानियाँमध्ये एकजना मात्रै मन्त्री हुने वा दुबै मन्त्री हुने सम्भवनाबारे समेत राजनीतिक वृत्तमा चर्चा छ ।

काँग्रेस महाधिवेशनमा केन्द्रिय सदस्यमा खुल्लातर्फ चुनावमा हारेकी डिनालाई व्यवस्थापन गर्न देउवाले मन्त्री बनाउने चर्चा एक थरीको छ भने मकवानपुरमा काँग्रेसको तर्फबाट खाता खोलेका र धेरैको भरोसा बनेको पार्टीमा रिर्पोटिङ रहेकाले बानियाँलाई मन्त्री बनाउनुपर्ने आवाज केन्द्रमा बलियो रहेको अर्का थरी बताउँछन् । तीनैजना नेता मन्त्री बन्नका लागि आफ्नो पक्षमा जिल्लातहदेखि केन्द्रिय तहसम्मका च्यानल प्रयोग गरी नेतालाई दवाव सिर्जना गरिरहेका छन् । चर्चामा रहेका तीनमध्ये कसको पक्षमा पल्ला भारी हुने हो त्यो भने केही दिनमा बाहिर आउने छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार