६ बैशाख, हेटौंडा । एमालेको गढको रुपमा रहेको हेटौंडा–४ कर्राका ३ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
युवा संघ र नेपाल खेलकुद महासंघको विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेको साधारण सदस्य समेत नरहने गरी बुधबारदेखि नै पार्टी छोडेको घोषणा गरेका हुन् ।
युवा संघ हेटौंडा उपमहानगर सहसचिव एवम् खेलकुद महासंघका जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय उपाध्यक्ष युवराज लामा, एमालेका पश्चिम ईलाका कमिटी सदस्य एवम् युवा संघ ३ नम्बर क्षेत्रीय उपाध्यक्ष नितेष दोङ र युवा संघ हेटौंडा–१० नम्बर सचिव दीपक पाख्रिनले पत्रकार सम्मेलन मार्फत एमाले छोडेको जानकारी दिएका छन् ।
‘माध्यामिक तहमा पढ्दा अनेरास्ववियुबाट राजनीति शुरु गर्दै यो अवस्थासम्म आइयो, अहिले आएर एमालेका केही गतिविधी मन नपरेकोले हामीले बाध्य भएर एमाले छोडेका हौं’, युवराज लामाले भने, ‘एमालेलाई आरोप प्रत्यारोप र कटाक्ष गर्नु भन्दा पनि अब हामी यही ९ गतेबाट औपचारिक रुपमा नेपाली काँग्रेससंग आबद्ध हुँदैछौं ।’
नेपालीहरुको भाग्य र भविष्य नेपाली काँग्रेसमा रहेको उल्लेख गर्दै उनले काँग्रेसमा वैचारिक प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा काँग्रेसका नेताहरु रमेशध्वज कार्की, तारा कार्की, तरुण दल क्षेत्रीय सभापति सञ्जय श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति सुनिल गिरी, नेताहरु सुनिल अधिकारी, प्रदीप कँडेल लगायतको उपस्थिती रहेको थियो ।
१४ माघ, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले यसबर्षको यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका...
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन भएका छन्...
१४ माघ, काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।...
१४ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१३ माघ,हेटौंडा। उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने पदबाट राजीनामा बुझाउन प्रधानमन्त्री सरकारी निवास...
१३ माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेजको फैसला गरेको...
१३ माघ, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको...
१ माघ,पोखरा। काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर...
६ माघ,हेटौंड । हेटौंडा उपमहानगरपालिका–४ मा कमलडाँडामा मोटरसाइकलको ठक्करबाट चार बर्षीय बालक घाइते भएका छन्...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...