Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कर्राका ३ एमाले युवा नेता काँग्रेस प्रवेश गर्दै

IMG_6036-1492611484.JPG

६ बैशाख, हेटौंडा । एमालेको गढको रुपमा रहेको हेटौंडा–४ कर्राका ३ जनाले एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

युवा संघ र नेपाल खेलकुद महासंघको विभिन्न जिम्मेवारीमा रहेका उनीहरुले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेको साधारण सदस्य समेत नरहने गरी बुधबारदेखि नै पार्टी छोडेको घोषणा गरेका हुन् ।

युवा संघ हेटौंडा उपमहानगर सहसचिव एवम् खेलकुद महासंघका जिल्ला सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्रीय उपाध्यक्ष युवराज लामा, एमालेका पश्चिम ईलाका कमिटी सदस्य एवम् युवा संघ ३ नम्बर क्षेत्रीय उपाध्यक्ष नितेष दोङ र युवा संघ हेटौंडा–१० नम्बर सचिव दीपक पाख्रिनले पत्रकार सम्मेलन मार्फत एमाले छोडेको जानकारी दिएका छन् ।

‘माध्यामिक तहमा पढ्दा अनेरास्ववियुबाट राजनीति शुरु गर्दै यो अवस्थासम्म आइयो, अहिले आएर एमालेका केही गतिविधी मन नपरेकोले हामीले बाध्य भएर एमाले छोडेका हौं’, युवराज लामाले भने, ‘एमालेलाई आरोप प्रत्यारोप र कटाक्ष गर्नु भन्दा पनि अब हामी यही ९ गतेबाट औपचारिक रुपमा नेपाली काँग्रेससंग आबद्ध हुँदैछौं ।’

नेपालीहरुको भाग्य र भविष्य नेपाली काँग्रेसमा रहेको उल्लेख गर्दै उनले काँग्रेसमा वैचारिक प्रशिक्षण आवश्यक रहेको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा काँग्रेसका नेताहरु रमेशध्वज कार्की, तारा कार्की, तरुण दल क्षेत्रीय सभापति सञ्जय श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति सुनिल गिरी, नेताहरु सुनिल अधिकारी, प्रदीप कँडेल लगायतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार