१६ बैशाख, काठमाडौँ । सरकारले ५ वटा जिल्ला तथा ती जिल्ला हुँदै घेरिएका थप ३ भुभागलाई चट्याङग्रस्त क्षेत्रको सूचीमा राखेको छ । हरेक वर्ष चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति र घटना संख्यालाई आधार मानेर सरकारले केही दिनअघि मात्रै चितवन, मकवानपुर, झापा, मोरङ र उदयपुरलाई चट्याङ ग्रस्त जिल्लामा समेटिएको हो ।
चुरे तथा पर्वतीय क्षेत्रको पूर्वदेखि पश्चिमसम्म, नारायणी नदीको दुवै तर्फको तटीय भुभाग तथा झापा र मोरङ सीमा जोडिएका उत्तर–दक्षिण भुभागलाई पनि उच्च चट्याङबाट जोखिमयुक्त क्षेत्रमा राखिएको छ । यससँगै यो क्षेत्र अन्तर्गत बसोबास गर्ने मानिसले चट्याङबाट बच्न सबैभन्दा बढी सावधानी अपनाउनु पर्ने पनि देखिएको छ । कान्तिपुरमा मातृका दाहालले समाचार लेखेका छन् ।
गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले केही दिनअघि मात्रै ५ जिल्ला र तीनवटा भुभागलाई चट्याङग्रस्त क्षेत्रका रुपमा घोषणा गरेर रोकथाम तथा क्षति न्युनीकरणको तयारी थालिएको बताए । चैतदेखि असारसम्म सबैभन्दा बढी चट्याङ पर्ने समय हो । यसमध्ये पनि वैशाख १ देखि १५ गतेको बीच विश्वभर नै चट्याङको जोखिमयुक्त समयका रुपमा लिइने उनले बताए ।
चट्याङबाट हुने मानवीय र भौतिक क्षति न्युनीकरणकै लागि भवन संहितासमेत संसोधन गर्न आवश्यक रहेको उनले बताए । ‘चट्याङबाट बच्न घरबाहिर ननिस्कन, खुल्ला चौर, नदी तथा पोखरी, रुख आसपास नबस्ने, विद्युत्तीय सुचालक हुने भौतिक संरचनाबाट टाढै रहने तथा घरमा रहेका विद्युत्तीय सुचालकमा अनिवार्य अर्थिङ लगायतका उपाय हुन्,’ उनले भने, ‘यसबाट जोखिन सबैभन्दा बढी प्रभावकारी चाहिँ यससम्वन्धि जनचेतना नै हो ।’
चट्याङका कारण हरेक वर्ष १ सय भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...






-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)