१६ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ ।
कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।
दक्षिण एसियामा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा ९ सय ३९ जनाको मृत्यु भएको छ । पछिल्लो समय थप ५८ जनाको मृत्यु भएपछि भारतमा मर्नेको संख्या ९ सय ३९ पुगेको हो ।
यस्तै भारतमा संक्रमितको संख्या पनि दक्षिण एसियामा सबैभन्दा बढी छ । यहाँ कोरोना संक्रमितको संख्या २९ हजार ४ सय ५२ पुगेको छ । पछल्लो २४ घण्टामा मात्रै यहाँ १ हजार ५ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् । यस्तै भारतमा ७ हजार १ सय ३७ जना उपचारपछि स्वस्थ्य भएका छन् ।
भारतपछि दक्षिण एसियामा कोरोनाको संक्रमणबाट मर्नेको संख्या पाकिस्तानमा बढी छ । पाकिस्तानमा अहिलेसम्म २ सय ९२ जनाको ज्यान गएको छ । यहाँ २४ घण्टामा ११ जनाको ज्यान गएको छ ।
यस्तै थप ५ सय ८७ जना नयाँ संक्रमित थपिएसँगै पाकिस्तानमा संक्रमितको कुल संख्या १३ हजार ९ सय १५ पुगेको छ ।
यस्तै बंगलादेशमा कोरोना संक्रमणबाट १ सय ५२ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय १३ जना संक्रमित भएका छन् । बितेको २४ घण्टामा यहाँ थप ७ जनाको ज्यान गएको छ भने ४ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैगरी अर्को दक्षिण एसियाली मुलुक श्रीलंकामा कोरोनाका कारण अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् भने ५ सय ८८ जना संक्रमित छन् । यहाँ पछिल्लो समय ६५ जना नयाँ संक्रमित थपिएका छन् ।
दक्षिण एसियाली मुलुकहरु माल्दिभ्स, नेपाल र भुटानमा भने कोरोनाको संक्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु भएको छैन ।
कोरोना संक्रमणबाट माल्दिभ्समा अहिले सम्म २ सय २६ जना संक्रमित भएका छन् भने यहाँ पछिल्लो समय १२ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । नेपालमा अहिलेसम्म १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
यस्तै भुटानमा कोरोना संक्रमितको संख्या केही दिन यता निरन्तर स्थिर छ । यहाँ अहिलेसम्म ६ जनामा कोराना संक्रमण पुष्टि भएको । भुटानमा ४ उपचारपछि निको भएका छन भने ३ जनाको उपचार चलिरहेको छ ।
१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...
१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...
१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
५ साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार पहिलो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी...
६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। जसको...















-1784273395.jpg)


