Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धरौटीमा छुटेका उपाध्यायले भने–‘आजका कृयाकलाप देखेर लज्जित हुन नपाउन्’

Bhim-1588045441.jpg

File Photo

१६ बैशाख, हेटौंडा । पूर्व सचिव भीम उपाध्यायले हाम्रो आजको क्रियाकलापबाट स्र्वगमा सहिदहरु लज्जित हुन नपाउने भन्ने अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपि शर्मा ओलीलाई जथाभावी बोलेको र धार्मिक आस्थामाथि सामाजिक सद्भाव खलबलिने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सोमबार न्यायाधीश भरतमणि खनालको इजलासबाट २५ हजार रुपैयाँ धरौटीमा छुटेका उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका हुन् ।
उनले भनेका छन्–‘नमस्कार ! आज अपरान्ह ३ बजे सम्मानित जिल्ला अदालतले विगत ६ दिन देखि प्रहरी हिरासत रहेको मलाई धरौटीमा रिहा गरेको छ। यहॉहरुसंग मेरो विगत ६ दिन देखि टुटेको सम्बन्ध आजबाट पुनस् जुटेको छ ।
मेरो चिन्ता लिदै मेरो रिहाईका निम्ति आआफ्नो तर्फवाट यहॉहरूले धेरै प्रयत्न गर्दै आउनु भएको रहेछ, मैले रिहा भए पछि आजबाट विस्तारै थाहा पाउदै गरेको छु। यहॉहरूको आशिर्वाद लागेको छ, पवित्र शुभेच्छामा ठूलो ताकत हुन्छ। सामूहिक भावना भनेको आध्यात्मिक उर्जा हो। विचारमा असहत हुन सकिन्छ तर लोकतान्त्रिक मूल्य मान्यतामा कोही असहमत हुने प्रश्नै रहदैन। मेरो बारेको ब्यक्तिगत चॉसो भन्दा पनि लोकतन्त्रले लिक नछोडोस् भनेर यहॉहरू सबैले आवाज उठाउनु भएकोमा म हृदय देखि आभारी छु। मेरा कारणले मेरा हितैषी, नातेदार, शुभचिन्तक, मित्रहरूमा पनि निकै ठूलो कष्ठ पुग्यो नै। यस्तो अप्रिय अनुभूति कसैलाई गर्न नपरे हुन्थ्यो भने कामना रहे पनि राज्यको नागरिक भए पछि सुखमा मात्तिने र दस्खमा आत्तिने गर्नै हुदैन। मप्रति कसैको गुनासो रहँदा म सुनेर आफूलाई परिस्कृत गर्न सदा तत्पर रहदै आएकै छु । 
सधैं आफ्ना कमी कमजोरी सच्याउदै, हिड्दै आएको पनि छु र आउने छु।
सरकार सबै जनाताको अभिभावक र संरक्षक हो। आफ्नो सरकारको बेला बेलामा कान र ऑखा खोल्ने कर्तब्य सबै नागरिकको हुन्छ। पारायासंग त के को वादविवाद र गुनासो गरिन्छ र हैनरु
सरकार कसले चलाएको छरु कुन दलको छरु लोकतन्त्रमा खास मतलब रहन्न। जो सुकै होस् सरकार सही ढंगले चलेको छ भन्ने आग्रह जनताको हुन्छ। यदि सही ढंगमा चलेको छैन भन्ने जनतालाई लाग्छ भने कठोर तरिकाले नागरिकले सरकारको निगरानी गर्नै पर्छ, गरिरहनुपर्छ। यसबाहेक अरू जनता र सरकारबीच कुनै नाता हुदैन भन्ने मेरो अटल धारणा छ। सरकार सत प्रतिशत मेरो पनि हो, सरकार मेरो पनि संरक्षक र अभिभावक पनि हो, यसमा सरकारमा को ब्यक्ति छ , त्यो गौण हुन्छ। संवैधानिक वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै कानुनले पनि रोक लगाउन सकिदैन, लोकतन्त्रको मुटु नै यही हो। सरकार चलाउने चाहना राख्नेले यति सहन र बहन गर्न सक्दैनन् भने सरकारमा जाने चाहना नगरे हुन्छ। फलामको च्यूरा चपाएर पचाउने पाचनशक्ति नहुनेहरू सरकार चलाउन योग्य मानिदैन। जसले फलामको च्यूरा चपाएर पचाउन सक्छ ती मात्र सरकार संचालन गर्ने तिर जान सोचून्, नभए पेट पाल्ने अरू हजार उपाय छन्।
मेरो कसैसंग बैरभाव छैन, कसैप्रति रिसद्वेष छैन, न आजसम्म रह्यो, न रहने छ। समस्यालाई ठाउँका ठाउँ समाधार गरेर, त्यसलाई बिर्सेर निरन्तर अगाडी बढ्नु नै जिवन जिउने उत्तम शैली हो। मेरो शैली यही छ। समस्यालाई म तनाव मान्दिन, समाधान मूल कुरा र ध्येय हो। म कुनै समस्या हैन, न अरू मेरा समस्या हुन् भन्ने मलाई लाग्छ। मेरो हितचिन्ता लिने सबैप्रति मुटुदेखि आभार ब्यक्त गर्छु र सविनय धन्यवाद दिन चाहन्छु। म तुच्छ एक ब्यक्ति केही होईन, मूल कुरा ७ दशक देखि लोकतन्त्रका लडेका हाम्रा अग्रजहरूको बलिदानको रक्षा होस्। स्ववतन्त्रा फोसामा प्राप्त भएको हैन, यसको मूल्य धेरैले चुकाएका छन्। पूर्खाहरूले आजसम्म सुम्पेको प्रजातन्त्रको धरोहरमा कुनै चोट र खोट लाग्न नपाओस्। उहॉहरूप्रति हामी सदा कृतज्ञ भइरहनुपर्छं, शहिदहरू स्वर्गमा हाम्रो आजका कृयाकलाप देखेर लज्जित हुन नपाउन्। पितृहरूको हामीलाई सदा आशिर्वाद र कृपा प्राप्त भइरहोस् । सत्कर्म र सन्मार्गमा हामीलाई लागिरहने प्रेरणा प्राप्त भइरहोस् ।
अरू कुरा क्रमशस् लेख्दै गर्नेछु। यो ६ दिनपछिको पहिलो पोष्ट हो। आज ४ बजे घर पुगेपछि भर्खर केही क्षण निकालेर यो पोष्ट गर्न भ्याएँ, तर अपूर्ण छ। अरू कुराहरू पनि निवेदन गरिनै रहने छु। शुभरात्री !'


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार