१७ बैशाख, काठमाडौं । बागमती प्रदेशका प्रदेशसभा सदस्य छिरिङदोर्जे लामाले आफ्नी श्रीमतिको जन्मदिनमा राहत सामग्री वितरण गरेका छन् । श्रीमती अनु प्रसाई लामाको जन्मदिनमा दुबैले व्यक्तिगत खर्चमा लकडाउनमा समस्यामा परेकाहरुका लागि राहत सामग्री वितरण गरेका हुन् ।
लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर विपन्न परिवारलाई निःशुल्क भोजन गराउने अभियानका लागि विभिन्न क्षेत्रमा ७५ बोरा चामलसहित खाद्यान्न सहयोग गरेका छन् । लर्डस लाईट गोकर्णेश्वर नगरपालिका वडा नं ६ नयॉवस्ती युवा क्लव, गैरी गॉउ सुधार समाज, सुन्दरटोल सुधार समाज, नारायणटार यूवा क्लव चामुण्डा मावि, जोरपाटी युवा क्लव तथा जोरपाटी युवा समुह गोकर्णेश्वर नगरपालिका ५, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ कार्यालय , पाखा पंधेरो, अरोणदय मावि वडा नम्बर ९ आरूबारी, आनन्दपुर महिला समाज, बृहस्पति मार्ग टोल विकास समाज, स्पेशल स्पोर्ट क्लव आनन्दपुर बौद्द–६ तिनचूले, निराग पार्टी प्यालेश काठमाडौं–६, चुच्चेपाटी, बौद्ध तामाङ कल्याण गुठ्ठीको नयॉ भवन, बौद्ध–६ टुसाल धुर्सामा खाद्यान्न सहयोग गरेका हुन् ।
उनीहरुले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ लाइ पनि सहयोग गरेका छन् । त्यस्तै, सुनौलो पाइला संस्थामा आश्रय लिइरहेकी सुत्केरी महिलासहित बालबालिकाहरुको लागि १० हजार रुपैंया नगद समेत सहयोग गरिएको छ । लकडाउनका कारण दुई छाक टार्न समस्या परेका ज्यालादारी मजदुर र विपन्न समुदायलाई निःशुल्क खाना उपलव्ध होस् भन्ने उद्धेश्यले सहयोग गरेको अनुले बताईन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक समेत रहेका सांसद लामाले क्लव, टोल विकास संस्था लगायतका सामाजिक संस्थाले लकडाउनको समयमा पुर्याईरहेको सेवाको प्रशंसा गर्दै यसमा आफ्नो परिवारको तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । राज्यले गर्नुपर्ने कामलाई समुदायले जिम्मा लिएको देखेपछि सहयोग गरेको बताउँदै उनले आफु यसमा निरन्तर साथ दिन तयार रहेको बताए ।
जन्मदिनको बहानामा भोजभतेर गरेर फजुल खर्च हुने नेपाली समाजमा यस्तो खर्चलाई विपन्न्न समुदायको हितमा खर्चिएर सकारात्मक सन्देश दिएको भन्दै स्थानीयले समेत लामा दम्पत्तिको प्रशंसा गरेका थिए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

